पुष्पराज अधिकारी बिहिबार, आषाढ २८, २०८० मा प्रकाशित

शिक्षक मधु बस्नेत शाही (मधुश्री)द्धारा रचित  गजल संग्रह सर्वनाम विमोचन हुने भएको छ । उक्त विमोचन सुक्रबार दिनको २ बजे मानसरोवर होटलमा विमोचन गरिने भएको छ । विमोचन कार्यक्रममा साहित्यमा रुचि राख्ने व्यक्तित्वहरुको उपस्थित रहने भएको छ ।

 

बालमन्दिर माध्यमिक विद्यालयकी शिक्षक मधु बस्नेत शाही (मधुश्री)ले  हुम्ला जिल्लामै बसेर चार वटा साहित्यिक कृति रचना गरेकी छन्। शिक्षण पेसा र घरायसी कामबाट बचाएको समयले साहित्यकार बस्नेतले यी कृति रचना गरेकी हुन्।साहित्यकार बस्नेतले परिवेश र वातावरण राम्रो नभए पनि हालसम्म चार वटा कृति रच्न सफल भएको बताइन्। उनले रचना गरेका कृतिमा कथा, कविता र गजल संग्रह छन्।उनले विशेष गरी विद्यालयमा शिक्षण पेशाबाट बचेको समयलाई सदुपयोग गर्दै यी कृति तयार पारेकी हुन्। उनको पहिलो कृति मधुमाधव कथा संग्रह छ भने उक्त संग्रहमा २१ वटा कथालाई समेटिएको छ।

त्यसैगरी, दोस्रो कविता संग्रह बुनु रहेको छ। त्यसमा ४४ वटा कविता समेटिएको छ। बस्नेतको तेस्रो साहित्यिक कृतिमा तिमी र म गजल संग्रह छ।उक्त गजल संग्रहमा ५० वटा गजल समावेश छन्। उनको भर्खरै प्रकाशित भएर विमोचन हुन बाँकी गजल संग्रह सर्वनाम रहेको छ।यसमा ५६ वटा गजल संगृहीत छन्। यसलाई चाँडै विमोचन गर्ने तयारी गरिएको छ। यी चार वटै कीर्तिमा बस्नेतले माया प्रेम, विकृति, विसंगतिलाई मुख्य विषयबस्तु बनाएर तयार पारेकी छन्।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९