राज शाही सोमबार, आषाढ २५, २०८० मा प्रकाशित

हुम्ला जिल्ला अदालतले सोमबार कारागार कार्यालय हुम्लाको निरिक्षण गरेको छ । हुम्ला जिल्ला अदालतका न्यायाधी दिल प्रसाद सापकोटा, श्रेस्तेदार उपसचिव कमलकुमार आचार्य लगाएतको टोलीले थुनुवा तथा कैदी हुम्ला जिल्ला कारागारमा कति जना रहेको र कारागार कार्यालय हुम्लाबाट स्तान्तरण भइ कुन जिल्लाको कारगारमा गएका छन् भन्ने बारेमा जानकारी निरिक्षण टोली लिएको थियो ।

निरिक्षणका क्रममा चालु आर्थिक वर्षको अषाढ २५ गते सम्म ३४ जना थुनुवा र वन्दी रहेको पाइएको र उनीहरुको खान खर्च वेड विस्तारा औषधी उपचार देखि लिएर लुगा फाटो समेत कारागार कार्यालय हुम्लाले व्यवस्था गरेको पाइएको र खान खर्च दिइने ७ सय ग्राम चामल ठीकेै भए पनि सिता खानको लागी नेपाल सरकारले दिने रकम दिनको ८० रुपैया सारै कम भएको र यसलाई वृद्धि गर्नु आवश्यक रहेको हुम्ला जिल्ला अदालतका श्रेस्तेदार उपसचिव कमलकुमार आचार्यले बताएका छन् ।

चालु आर्थिक वर्षमा जिल्ला कारगार कार्यालयमा थुनुवा र वन्दीको रुपमा गएका ३४ जना मध्य कर्तव्य ज्यानका १२ जना, जवरजस्ती करणीका १० जना,बहुबिबाहका १ जना, बालबिबाहका ४ जना, मानिस वेपत्ताका ५ जना र नकवजनी चोरीका २ जना रहेको पाइएको छ ।  थुनुवा र वन्दी मध्य हुम्ला जिल्ला अदालतको अनुमतिमा  नेपालगन्ज कारागार कार्यालयमा ७ जना र ७ जना सुर्खेत कारागार कार्यालयमा स्थान्त्रण गरिएको पाइएको हुम्ला जिल्ला अदालतका वैतनीक कानून व्यवसायी राजन चन्दले बताएकी छन् ।

आर्थिक वर्ष ७९।८० मा थुनुवा पुर्पक्षमा छुटेका १४ मध्य १० जना कर्तव्य ज्यानका र बालविवाहका ४ जना गरी जम्मा १४ जना छुटेको पाइएको छ । हाल जिल्ला कारागार कार्यालय हुम्लामा ८ जना थुनुवा  रहेका छन् । जसमा ७ जना पुरुष र १ जना महिला रहेको पाइएको हुम्ला जिल्ला अदालतका नायव सुब्बा पुष्पराज अधिकारीले बताएका छन् ।

निरिक्षणका क्रममा वन्दी थुनुवाले दिउसो खाजाको व्यवस्थाका लागी माग समेत गरेका छन् ।  न्याय प्रशासन ऐन २०७३ को दफा २१ तथा जिल्ला अदालत नियमावली २०७५ को परिच्छेद ११ को नियम ९४ र ९५ को परिधि भित्र रही जिल्लाका न्यायीक तथा अर्ध न्यायीक निकायको निरिक्षण गर्ने क्रममा सोमबार कारागार कार्यालय हुम्लाको अनुगमन गरिएको हो ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९