राज शाही सोमबार, आषाढ २५, २०८० मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला जिल्ला अदालतले सोमबार कारागार कार्यालय हुम्लाको निरिक्षण गरेको छ । हुम्ला जिल्ला अदालतका न्यायाधी दिल प्रसाद सापकोटा, श्रेस्तेदार उपसचिव कमलकुमार आचार्य लगाएतको टोलीले थुनुवा तथा कैदी हुम्ला जिल्ला कारागारमा कति जना रहेको र कारागार कार्यालय हुम्लाबाट स्तान्तरण भइ कुन जिल्लाको कारगारमा गएका छन् भन्ने बारेमा जानकारी निरिक्षण टोली लिएको थियो ।

निरिक्षणका क्रममा चालु आर्थिक वर्षको अषाढ २५ गते सम्म ३४ जना थुनुवा र वन्दी रहेको पाइएको र उनीहरुको खान खर्च वेड विस्तारा औषधी उपचार देखि लिएर लुगा फाटो समेत कारागार कार्यालय हुम्लाले व्यवस्था गरेको पाइएको र खान खर्च दिइने ७ सय ग्राम चामल ठीकेै भए पनि सिता खानको लागी नेपाल सरकारले दिने रकम दिनको ८० रुपैया सारै कम भएको र यसलाई वृद्धि गर्नु आवश्यक रहेको हुम्ला जिल्ला अदालतका श्रेस्तेदार उपसचिव कमलकुमार आचार्यले बताएका छन् ।

चालु आर्थिक वर्षमा जिल्ला कारगार कार्यालयमा थुनुवा र वन्दीको रुपमा गएका ३४ जना मध्य कर्तव्य ज्यानका १२ जना, जवरजस्ती करणीका १० जना,बहुबिबाहका १ जना, बालबिबाहका ४ जना, मानिस वेपत्ताका ५ जना र नकवजनी चोरीका २ जना रहेको पाइएको छ ।  थुनुवा र वन्दी मध्य हुम्ला जिल्ला अदालतको अनुमतिमा  नेपालगन्ज कारागार कार्यालयमा ७ जना र ७ जना सुर्खेत कारागार कार्यालयमा स्थान्त्रण गरिएको पाइएको हुम्ला जिल्ला अदालतका वैतनीक कानून व्यवसायी राजन चन्दले बताएकी छन् ।

आर्थिक वर्ष ७९।८० मा थुनुवा पुर्पक्षमा छुटेका १४ मध्य १० जना कर्तव्य ज्यानका र बालविवाहका ४ जना गरी जम्मा १४ जना छुटेको पाइएको छ । हाल जिल्ला कारागार कार्यालय हुम्लामा ८ जना थुनुवा  रहेका छन् । जसमा ७ जना पुरुष र १ जना महिला रहेको पाइएको हुम्ला जिल्ला अदालतका नायव सुब्बा पुष्पराज अधिकारीले बताएका छन् ।

निरिक्षणका क्रममा वन्दी थुनुवाले दिउसो खाजाको व्यवस्थाका लागी माग समेत गरेका छन् ।  न्याय प्रशासन ऐन २०७३ को दफा २१ तथा जिल्ला अदालत नियमावली २०७५ को परिच्छेद ११ को नियम ९४ र ९५ को परिधि भित्र रही जिल्लाका न्यायीक तथा अर्ध न्यायीक निकायको निरिक्षण गर्ने क्रममा सोमबार कारागार कार्यालय हुम्लाको अनुगमन गरिएको हो ।

सम्बन्धित

ताजा अपडेट
२२ औं महिला स्वास्थ्य स्वयंसेविका दिवस  विभिन्न कार्यक्रम गरि मनाइयो
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९