अदानचुली गाउँपालिकाबाट ४ करोड ३३ लाख २५ हजार रुपैंया फिरिज गएको छ । विकास निर्माणका लागी संघ सरकारबाट प्राप्त रकमका फ्रीज जाने योजनाहरुमा माल्या कृष्ण मष्टा मन्दिर निर्माण ११ लाख २५ हजार, कालापानी खानेपानी योजना ५ लाख, गब्वे मन्दिर मर्मत तथा निर्माण ७५ लाख, तुम्च कल्याणी खानेपानी निर्माण १० लाख लगायतका सात वटा योजना गरी १ करोड ७२ लाख २५ फ्रिज गएको छ ।
त्यसै गरी प्रदेश सरकाबाट अदानचुली गाउँपालिकाको विकास निर्माणको लागी प्राप्त योजना मध्य श्रीनगर वृहत खानेपानी ट्याङ्की निर्माण सुधार ४५ लाख, तटवन्धन निर्माण ४० लाख, फापरासी ओडार देखि आम्ली खोला सम्म गोरेटोबाटो निर्माण ३० लाख, मुलपानी पहिरो नियन्त्रण १५ लाख गरी ५ वटा योजनाको १ करोड ४५ लाख वजेट फ्रिज गएको छ ।
सोही अनुसार स्थानिय सरकार अदानचुली गाउँपालिकाबाट १७ वटा योजनाको १ करोड १७ लाख बजेट फ्रिज गएको जानकारी प्राप्त भएको छ । तिनै तहको सरकारबाट विकास निर्माणको लागी प्राप्त रकम मध्य ४ करोड ३३ लाख २५ हजार रकम वजेट फ्रिज गएको खबर प्राप्त भएको हो ।