राम बुढा मंगलबार, आषाढ १९, २०८० मा प्रकाशित

featured photo: Mansarowar Times

गाउँ कार्यपालिका सदस्यले आफ्नो पारिश्रम बापत प्राप्त रकमबाट जेष्ठ नागरिकलाई जकेट उपलब्ध गरेका छन् । उपलब्ध गराउनेमा कर्णाली प्रदेश हुम्ला जिल्लाको अदानचुली गाउँपालिका वडा नं ३ का वडा सदस्य एव अदानचुली गाउँपालिका गाउँ कार्यपालिका सदस्य कमलबहादुर नेपाली रहेका छन् । उनले आप्नो वार्षिक  प्राप्त पारिश्रमबाट १ सय भन्दा वढी जेष्ठ नागरीकलाई जकेट वितरण गरेका हुन  ।

उक्त जाकेटको मुल्य करिव २ हजार देखि २ हजार ५ सय सम्म पर्ने गरेको छ । अदानचुली गाउँपालिका वडा नं १ देखि ६ नं वडा सम्मका ६० वर्ष देखि माथिका जेष्ठ नागरीकहरुलाई मंगलबार एक कार्यक्रमको आयोजना गरी अध्यक्ष मोहन विक्रम सिह, उपाध्यक्ष कर्ण रोकाया, (सुधार) प्रमुख प्रशासकिय अधिकृत मेघ नाथ शाही, वडा नं ५ का वडा अध्यक्ष कमल छत्याल लगाएतका जनप्रतिनिधि स्थानियवासीको उपस्थितमा वितरण गरिएको खवर प्राप्त भएको छ ।

सम्बन्धित

ताजा अपडेट
अनुमति लिएर राखिएका हातहतियार बुझाउन अपिल
लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन भएको , काँग्रेस उम्मेदवार रोकाया
प्रतिनिधिसभा निर्वाचनका लागि हुम्ला जिल्लाबाट ८ वटा दलले मनोनयन दर्ता

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९