राम बुढा मंगलबार, आषाढ १९, २०८० मा प्रकाशित

गाउँ कार्यपालिका सदस्यले आफ्नो पारिश्रम बापत प्राप्त रकमबाट जेष्ठ नागरिकलाई जकेट उपलब्ध गरेका छन् । उपलब्ध गराउनेमा कर्णाली प्रदेश हुम्ला जिल्लाको अदानचुली गाउँपालिका वडा नं ३ का वडा सदस्य एव अदानचुली गाउँपालिका गाउँ कार्यपालिका सदस्य कमलबहादुर नेपाली रहेका छन् । उनले आप्नो वार्षिक  प्राप्त पारिश्रमबाट १ सय भन्दा वढी जेष्ठ नागरीकलाई जकेट वितरण गरेका हुन  ।

उक्त जाकेटको मुल्य करिव २ हजार देखि २ हजार ५ सय सम्म पर्ने गरेको छ । अदानचुली गाउँपालिका वडा नं १ देखि ६ नं वडा सम्मका ६० वर्ष देखि माथिका जेष्ठ नागरीकहरुलाई मंगलबार एक कार्यक्रमको आयोजना गरी अध्यक्ष मोहन विक्रम सिह, उपाध्यक्ष कर्ण रोकाया, (सुधार) प्रमुख प्रशासकिय अधिकृत मेघ नाथ शाही, वडा नं ५ का वडा अध्यक्ष कमल छत्याल लगाएतका जनप्रतिनिधि स्थानियवासीको उपस्थितमा वितरण गरिएको खवर प्राप्त भएको छ ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९