राज शाही मंगलबार, आषाढ १९, २०८० मा प्रकाशित

featured photo: Mansarowar Times

पोषण मैत्रि स्वास्थ्य संस्था घोषणा गरिएको छ । सिमकोट गाउँपालिका वडा ८ स्थित स्याडा स्वास्थ्य संस्थालाई पोषण मैत्री घोषणा गरिएको हो । मंगलबार वडा ८ का वडाध्यक्ष कमल बुढाको अध्यक्षता तथा सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीको प्रमुख आतिथ्यमा उक्त स्वास्थ्य चौकी पोषण मैत्री घोषणा कार्यक्रम सन्चालन भएको हो  ।हिमालि जिल्ला हुम्लाकै पहिलो पटक स्याडा स्वास्थ्य संस्था पोषण मत्री घोषणा भएको सोहि स्वास्थ्य संस्थाका इन्चार्ज लवि रावतले बताएका छन् ।

उनले १६ वटा सुचकहरु पार गरेपछि उक्त पोषण मैत्रि स्वास्थ्य संस्था घोषणा गरिएको  हाम्रा सहकर्मी छपाल लामाले सम्बन्धीत स्थलबाट जानकारी गराएकी छन् ।सिमकोट गाउँपालिका उपाध्यक्ष शुसिला रोकायाको विशेष आतिथ्य र सिमकोट गाउँपालिका स्वास्थ्य संयोजक नर भण्डारीको अतिथिमा  संचालन भएको पोषण मैत्रि स्वास्थ्य संस्था घोषणा कार्यक्रम मै २७ जना सुत्केरी महिलाहरुलाई पोषण थैली वितरण गरिएको सहकर्मी लामाले बताएकी छन् ।

त्यसै गरी मंगलबारै सिमकोट गाउँपालिका वडा नं ७ डाँडाफया स्वास्थ्य चौकीले पोषण मैत्री वडा घोषणा गरिएको छ । सिमकोट गाउँपालिका वडा नं ७ का दलित महिला सदस्य रुपसि सुनारको अध्यक्षता सोही गाउँपालिका अध्यक्ष विजय भण्डारीको प्रमुख आतिथ्य र  उपाध्यक्ष शुसिला रोकायाको विशेष आतिथ्यमा सिमकोट गाउँपालिका वडा नं ७ लाई पोषण मैत्री वडा घोषणा गरिएको सहकर्मी छपाल लामाले बताएकी छन ।डाँडाफया स्वास्थ्य चौकी इन्चार्ज सन्तोष बोहराले पोषण सुचकका बारेमा जानकारी गराएका थिए ।

सम्बन्धित

ताजा अपडेट
अनुमति लिएर राखिएका हातहतियार बुझाउन अपिल
लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन भएको , काँग्रेस उम्मेदवार रोकाया
प्रतिनिधिसभा निर्वाचनका लागि हुम्ला जिल्लाबाट ८ वटा दलले मनोनयन दर्ता

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९