राज शाही मंगलबार, आषाढ १९, २०८० मा प्रकाशित

न्याय प्रशासन ऐन २०७३ को दफा २१ तथा जिल्ला अदालत नियमावली २०७५ को परिच्छेद ११ को नियम ९४ र ९५ को परिधि भित्र रही जिल्लाका न्यायीक तथा अर्ध न्यायीक निकायको निरिक्षण गर्ने अधिकार जिल्ला अदालतहरुलाई रहेको छ । सोही बमोजिम हुम्ला जिल्ला अदालतका न्यायाधीश दिल प्रसाद सापकोटाको नेतृत्वमा खार्पुना गाउँपालिकाको अनुगमन यस अघि अषाढ ११ र १२ गते अनुगम तथा निरिक्षण गरिएको थियो ।

क्रमस हुम्ला जिल्लाका ७ वटै गाउँपालिकाका न्यायीक समितिको अनुगमन गर्ने योजना रहेको हुम्ला जिल्ला अदालतका श्रेस्तेदार उपसचिव कमल कुमार आचार्यले बताएका छन् । त्यसै गरी अर्धन्यायीक निकायको निरिक्षण गर्ने अधिकार पनि जिल्ला अदालतकै भएको हुँदा सोमबार जिल्ला प्रशासन कार्यालय हुम्लाको अनुगमन गरिएको छ ।निरिक्षणका क्रममा जिल्ला प्रशासन कार्यलयमा आर्थिक वर्ष ७९।८० मा २ वटा मुद्दा दर्ता भएको पाइएको र जस मध्य १ वटा फर्च्छौ भएको र १ वटा चालु अवस्थामा रहेको पाइएको जिल्ला न्यायाधीश सापकोटाले बताएका छन् ।

निरिक्षणका क्रममा अधिकाँस न्यायीक समिति अर्ध न्यायीक निकायमा मुद्दा हेर्ने इजलास र कार्यकक्ष एक ठाउँमा भएको र यसलाई अलग अलग बनाउदा राम्रो हुने, न्यायीक निकायमा काम गर्ने मुद्दा फाँटका कर्मचारीलाई तालिम अभावमा प्रक्रियागत काम हुन नसकेको र म्याद तामेली लगाएतका कामहरु कानून सँगत हुन नसकेको पाइएको जिल्ला न्यायाधीश सापकोटाले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९