राज शाही मंगलबार, आषाढ १९, २०८० मा प्रकाशित

featured photo: Mansarowar Times

न्याय प्रशासन ऐन २०७३ को दफा २१ तथा जिल्ला अदालत नियमावली २०७५ को परिच्छेद ११ को नियम ९४ र ९५ को परिधि भित्र रही जिल्लाका न्यायीक तथा अर्ध न्यायीक निकायको निरिक्षण गर्ने अधिकार जिल्ला अदालतहरुलाई रहेको छ । सोही बमोजिम हुम्ला जिल्ला अदालतका न्यायाधीश दिल प्रसाद सापकोटाको नेतृत्वमा खार्पुना गाउँपालिकाको अनुगमन यस अघि अषाढ ११ र १२ गते अनुगम तथा निरिक्षण गरिएको थियो ।

क्रमस हुम्ला जिल्लाका ७ वटै गाउँपालिकाका न्यायीक समितिको अनुगमन गर्ने योजना रहेको हुम्ला जिल्ला अदालतका श्रेस्तेदार उपसचिव कमल कुमार आचार्यले बताएका छन् । त्यसै गरी अर्धन्यायीक निकायको निरिक्षण गर्ने अधिकार पनि जिल्ला अदालतकै भएको हुँदा सोमबार जिल्ला प्रशासन कार्यालय हुम्लाको अनुगमन गरिएको छ ।निरिक्षणका क्रममा जिल्ला प्रशासन कार्यलयमा आर्थिक वर्ष ७९।८० मा २ वटा मुद्दा दर्ता भएको पाइएको र जस मध्य १ वटा फर्च्छौ भएको र १ वटा चालु अवस्थामा रहेको पाइएको जिल्ला न्यायाधीश सापकोटाले बताएका छन् ।

निरिक्षणका क्रममा अधिकाँस न्यायीक समिति अर्ध न्यायीक निकायमा मुद्दा हेर्ने इजलास र कार्यकक्ष एक ठाउँमा भएको र यसलाई अलग अलग बनाउदा राम्रो हुने, न्यायीक निकायमा काम गर्ने मुद्दा फाँटका कर्मचारीलाई तालिम अभावमा प्रक्रियागत काम हुन नसकेको र म्याद तामेली लगाएतका कामहरु कानून सँगत हुन नसकेको पाइएको जिल्ला न्यायाधीश सापकोटाले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
२२ औं महिला स्वास्थ्य स्वयंसेविका दिवस  विभिन्न कार्यक्रम गरि मनाइयो
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९