राज शाही सोमबार, आषाढ १८, २०८० मा प्रकाशित

गुरु पूर्णिमा गुरुको सम्मानमा मनाइने एउटा पर्व हो। त्यस्ता गुरु आध्यात्मिक पनि हुन सक्छन् वा प्राज्ञिक। मानिसको जीवनको प्रारम्भिक कालदेखि नै गुरुहरूको महत्त्वपूर्ण भूमिका र प्रभाव हुने गर्छ। कुनै पनि व्यक्ति सफल वा असफल हुने कुरा समेत गुरुले उनलाई कस्तो शिक्षा दिन्छन् भन्नेमा निर्भर हुने ठानिन्छ। त्यस्ता गुरु भनेका औपचारिक शिक्षा दिने शिक्षक मात्र नभएर जो कोही हुन सक्छन्। “त्यसरी सफल जीवनका लागि मार्गदर्शन गर्ने व्यक्तिप्रति सम्मान र कृतज्ञता व्यक्त गर्ने दिवस गुरु पूर्णिमा भएको”हुम्ला जिल्ला अदालतका श्रेस्तेदार उपसचिव कमल कुमार आचार्यले बताएका छन् ।

विशेषगरी हिन्दू धर्मावलम्बीहरूले आषाढ शुक्ल पूर्णिमाको दिनलाई गुरु पूर्णिमाका रूपमा मनाउँछन्। हिन्दू संस्कृतिको प्रभाव तथा उक्त संस्कृतिलाई पछ्याउँदै अन्य कतिपय धार्मिक सम्प्रदायले पनि नेपालमा गुरु पूर्णिमा मनाउने गरेका छन्। यस वर्षको गुरु पूर्णिमा सोमवार परेको छ र नेपालसहित हिन्दूहरूको बसोबास भएका भारतसहितका देशहरूमा यो पर्व मनाइएको छ ।गुरु पूर्णिमालाई आधुनिक शिक्षालय कार्यालयहरुमा पनि धूमधामसँग मनाउने गरिन्छ ।यो दिनमा छात्रछात्राहरूले गुरु महिमा गाउने, उनीहरूको सम्मानका कार्यक्रम राख्ने तथा उपहार दिने समेत चलन चलेको छ।

“अहिले आधुनिक तरिकाले गुरु पूर्णिमा मनाउने कुरामा कतिपय चलन राम्रै पनि छन् तर गुरु र शिष्यको पहिलेको जस्तो मान्यता अब रहेन,” भट्टराई भन्छन्। “अहिले समाजमा हरेक कुरालाई आर्थिक कुरासँग जोडेर हेर्न थालियो त्यसले पूर्वीय सभ्यतामा गुरु(शिष्यको जुन खाले परम्परा थियो त्यसमा व्यापक परिवर्तन आएको छ।” त्यस्तै हिन्दू मान्यता अनुसार आफूलाई गायत्रीमन्त्र सुनाउने गुरुलाई यो दिनमा गुरु दक्षिणा दिने चलन पनि छ।त्यस्ता गुरुहरू भेट नभएमा विभिन्न माध्यमबाट सम्झना गर्ने र पछि गुरु दक्षिणा चढाउने पनि कतिपयले गर्ने गर्छन् ।

यसै बीच आज हुम्ला जिल्ला अदालतमा पनि गुरु पुर्णीमा मनाइएको छ । जिल्ला न्यायधीश दिल प्रसाद सापकोटा र उप सचिव कमल कुमार आचार्यलाई गूरुको दर्जा दिइ अदालतमा कार्यरत कर्मचारीले टिका अविर ग्रहण गरी गूरु पुजा गरेका छन् । त्यसै गरी हुम्ला जिल्लामा स्थापना भएका सामुदायीक तथा निजी विद्यालयहरुमा अध्ययनरत विद्यार्थीले अध्यापन गराउने शिक्षकलाई पुजा पाठ गरी मिष्ठान भोजन गरी फुल माला अविर लगाइ गुरु दिवश मनाइएको जानकारी प्राप्त भएको छ ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९