Mansarowar Times आइतबार, आषाढ १७, २०८० मा प्रकाशित

featured photo: Mansarowar Times

रैथाने सिपको संरक्षणका लागी २ महिने तालिम सम्पन भएको छ । हुम्ला जिल्लाको रैथाने सिप संरक्षण हुनुका साथै महिलाको आय आर्जन वृद्धिका लागी संचालन गरीएको वख्खु, र सल उत्पादन सम्बन्धिको तालिम सम्पन्न भएको हो । हुम्ला जिल्लामा विवाह, वर्तवन्द लगाएत शुभ कार्यमा प्रयोग हुने बख्खु, र सल उत्पादन गरी हुम्लीको पहिचान सहितको गहाना बनाउने तालिम दिइ यसको देश तथा विदेश सम्म प्रचार प्रसार गरी प्रयोगमा वृद्धि गर्ने लक्ष्य रहेको सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले बताएका छन् ।

यसको उत्पादन गर्न सकेको खण्डमा जिल्ला भित्रै पनि राम्रो आम्दानीको श्रोत भएको र यी सामाग्री बनाउन कडा मिहिनेत लाग्ने भएकाले यो तालिम लिइ व्यवसायीक वनेको खण्डमा व्यवासायीहरुलाई उत्पादनमा प्रोत्साहनका लागी गाउँपालिकाले पनि सहयोग गर्न सक्ने सोही गाउँपालिकाका उपाध्यक्ष शुसिला रोकायाले बताएकी छन्

। सिमकोट गाउँपालिकाको आर्थिक सहयोग र स्नोल्याण्ड एकिकृत विकास केन्द्र एसआइडिसीको समन्वयमा सो तालिम २ महिना सम्म सिमकोट गाउँपालिका वडा नं ४ का महिलाहरुलाई सिकाइएको स्नोल्याण्ड एकिकृत विकास केन्द्र एसआइडिसीका निर्देशक गोविन्द बहादुर शाहीले बताएका छन् ।

सिप सिकाय अनुसारको गुणस्तरीय ढंगले तालिममा सहभागीले उत्पादन गरेको पाइएको  सोही गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष प्रताप लामाले बताएका छन् । हुम्ला जिल्लामा वख्खुको मुल्य २० हजार देखि माथि पर्ने गरेको र तालिम बैशाख १७ गतेबाट सुरु भइ अषाढ १७ गते सम्पन्न भएको कार्यक्रम संयोजक रुपसिह बोहोराले बताएका छन् ।सिमकोट गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत उजिर रोकाया, वडा सचिव पुस्ता न्यौपाने र सहजकर्ता डिला ओलीको उपस्थितमा समापन गरीएको तालिमको उद्देश्य परम्परा गत सिपलाई संरक्षण गरी पुस्ता हस्तान्तरण गर्ने उद्देश्यले यो तालिम संचालन गरिएको र उक्त तालिममा १७ जना महिलाको सहभागिता रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
२२ औं महिला स्वास्थ्य स्वयंसेविका दिवस  विभिन्न कार्यक्रम गरि मनाइयो
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९