राज शाही शुक्रबार, आषाढ १५, २०८० मा प्रकाशित

featured photo: Mansarowar Times

हिमाली जिल्ला हुम्लाका दुइ वटा वडा साक्षर घोषणा गरिएको छ । साक्षर घोषणा हुने वडामा हुम्ला जिल्लाको मध्य क्षेत्रमा रहेको सर्केगाड गाउँपालिका वडा नं ७ र ८ मा घोषणा गरिएको हो । सुक्रबार एक कार्यक्रमको आयोजना गरी सर्केगाड गाउँपालिका वडा नं ८ को रादेउ फुचा र वडा नं ७ को रोडिकोटलाई साक्षर वडा घोषणा गरिएको हाम्रा सर्केगाड संवाददाता ओमप्रसाद जैसीले बताएका छन् ।

जैसीका अनुसार वडा नं ७ मा जम्मा जनसंख्या १ हजार ४८ जसमा महिला ५ सय ६६ पुरुष ४ सय ८२ मा साक्षर जनसंख्या जम्मा ९ सय ९७ मध्य महिला ४ सय ५५ र पुरुष ५ सय ४२ रहेका छन् । यसरी हेर्दा साक्षर ९५ दशमलव १३ प्रतिसत रहेको छ । निरक्षर जम्मा जनसंख्या ५१ जना जस मध्य महिला २६ र पुरुष २५ जना रहेका छन् । यसरी हेर्दा निरक्षर प्रतिशत ४ दशमलब ८७ प्रतिसत रहेको संबाददाता जैसीले बताएका छन् । वडा नं ७ को साक्षर कार्यक्रम कोट माध्यामिक विद्यालय रोडिकोटमा संचालन भएको थियो ।

वडा नं ८ कुल जनसंख्या १ हजार ७ सय १८ रहेको छ ।  १६ देखि ६० वर्ष सम्मको कुल जनसंख्या ९ सय १ जसमा महिला ४ सय १२ र पुरुष ४ सय ८९ रहेको छ । साक्षर जनसंख्या ८ सय ५७ जस मध्य महिला ३ सय ९१ र पुरुष ४ सय ६६ रहेको छ । यसरी हेर्दा ९५दशमल १ प्रतिशत साक्षर रहेको छ । निरक्षर पुरुष २३ र महिला २१ गरी जम्मा ४४ जना निरक्षर रहेको सम्बाददाता जैसीले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
२२ औं महिला स्वास्थ्य स्वयंसेविका दिवस  विभिन्न कार्यक्रम गरि मनाइयो
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९