राज शाही शुक्रबार, आषाढ १५, २०८० मा प्रकाशित

featured photo: Mansarowar Times

हिमाली जिल्ला हुम्लाका दुइ वटा वडा साक्षर घोषणा गरिएको छ । साक्षर घोषणा हुने वडामा हुम्ला जिल्लाको मध्य क्षेत्रमा रहेको सर्केगाड गाउँपालिका वडा नं ७ र ८ मा घोषणा गरिएको हो । सुक्रबार एक कार्यक्रमको आयोजना गरी सर्केगाड गाउँपालिका वडा नं ८ को रादेउ फुचा र वडा नं ७ को रोडिकोटलाई साक्षर वडा घोषणा गरिएको हाम्रा सर्केगाड संवाददाता ओमप्रसाद जैसीले बताएका छन् ।

जैसीका अनुसार वडा नं ७ मा जम्मा जनसंख्या १ हजार ४८ जसमा महिला ५ सय ६६ पुरुष ४ सय ८२ मा साक्षर जनसंख्या जम्मा ९ सय ९७ मध्य महिला ४ सय ५५ र पुरुष ५ सय ४२ रहेका छन् । यसरी हेर्दा साक्षर ९५ दशमलव १३ प्रतिसत रहेको छ । निरक्षर जम्मा जनसंख्या ५१ जना जस मध्य महिला २६ र पुरुष २५ जना रहेका छन् । यसरी हेर्दा निरक्षर प्रतिशत ४ दशमलब ८७ प्रतिसत रहेको संबाददाता जैसीले बताएका छन् । वडा नं ७ को साक्षर कार्यक्रम कोट माध्यामिक विद्यालय रोडिकोटमा संचालन भएको थियो ।

वडा नं ८ कुल जनसंख्या १ हजार ७ सय १८ रहेको छ ।  १६ देखि ६० वर्ष सम्मको कुल जनसंख्या ९ सय १ जसमा महिला ४ सय १२ र पुरुष ४ सय ८९ रहेको छ । साक्षर जनसंख्या ८ सय ५७ जस मध्य महिला ३ सय ९१ र पुरुष ४ सय ६६ रहेको छ । यसरी हेर्दा ९५दशमल १ प्रतिशत साक्षर रहेको छ । निरक्षर पुरुष २३ र महिला २१ गरी जम्मा ४४ जना निरक्षर रहेको सम्बाददाता जैसीले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
बालबालिकाका कार्यक्रममा अभिभावक साथमा राख्नु पर्ने नाम्खा उपाध्यक्षः तक्दिर लामा
जिल्ला प्रशासन कार्यालयका सम्पुर्ण कार्यक्रम बहिस्कार
झुठ्ठा मुद्दा खारेजीको माग गर्दै हुम्लामा बिरोध प्रदर्शन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९