राज शाही शुक्रबार, आषाढ १५, २०८० मा प्रकाशित

गाउँपालिकाका आधारभूत विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगितामा सिमकोट बजारको कैलाशबोधी बोर्डिङ स्कुल पहिलो भएको छ। प्रतियोगितामा सहभागी १३ वटा विद्यालयलाई उछिन्दै सो स्कुल पहिलो भएको हो। प्रतियोगितामा कुल सोधिएका १०४ वटा प्रश्नमध्ये १३ वटा प्रश्नको सही उत्तर दिएर कैलाशबोधी बोर्डिङ स्कुल पहिलो भएको हो। त्यसैगरी, सैपाल मावि स्याँडाले ११ वटा प्रश्नको सही उत्तर दिएर द्वितीय भएको छ भने रलिङ मावि बरगाउँले १० वटा उत्तर दिएर तृतीय भएको छ।

प्रतियोगितामा बालमन्दिर मावि, भीमसेन आधारभूत, कर्णाली मावि, बालविकास आवि, पञ्चमुखी आवि, कालाशिल्ता आवि, सिद्धार्थ आवि, कैलाश मावि, सनसाइन बोर्डिङ स्कुल र कान्ति आवि सहभागी थिए। विजेता प्रथम द्वितीय र तृतीय हुने विद्यालयका विद्यार्थीलाई क्रमशः नगद दश हजार, आठ हजार र पाँच हजार, प्रमाणपत्र र स्टेसनरी प्रदान गरिएको थियो।

सहभागी सबै विद्यालयलाई यातायात खर्च दुई हजार प्रदान गरिएको थियो। प्रतियोगिता बहुक्षेत्रीय पोषण कार्यक्रमको आर्थिक सहयोगमा सिमकोट गाउँपालिकाको युवा खेलकुद तथा शिक्षा शाखाको आयोजनामा सञ्चालन गरेको हो। विजेता टिमलाई गाउँपालिका अध्यक्ष विजय भण्डारी, उपाध्यक्ष सुशीला रोकाया भाम, निमित्त प्रमुख प्रशासकीय अधिकृत उजिर रोकाया, वडा पाँचको अध्यक्ष एवं प्रवक्ता नन्द रावत, वर्षबहादुर फडेरा, स्वास्थ्य शाखाका प्रमुख नर भण्डारीलगायतले पुरस्कार प्रदान गरेका थिए।शिक्षा शाखाका नायव सुब्बा कृष्णप्रसाद आचार्यले विद्यार्थीको अतिरिक्त क्रियाकलाप वृद्धि गर्न यो प्रतियोगिता सञ्चालन गरिएको बताए। यसअघि पनि सोही कार्यक्रमको आर्थिक सहयोगमा माविस्तरीय हाजिरीजवाफ प्रतियोगिता भएको थियो।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९