राज शाही बिहिबार, आषाढ १४, २०८० मा प्रकाशित

जिल्ला समन्वय समितिका सदस्य एव कार्यवाहक अध्यक्ष सरिता रावतको नेतृत्वमा अनुगमन गरिएको छ । संघ ,प्रदेश र स्थानिय तहबाट निर्माण भएका योजनाहरुको सिमकोट गाउँपालिकामा अनुगमन गरिएको हो । हुम्ला सिमकोट गाउँपालिका वडा नं १ र २ मा निर्माण भएका विकासे आयोजनाको अनुगमन सिमकोट गाउँपालिका उपाध्यक्ष शुसिला रोकाया,वडा नं ६ का वडा अध्यक्ष नन्द रावत, वडा नं २ का वडा अध्यक्ष देवजन बोहरा, साइड प्राविधिक तेन्जिन लामा, रेडियो कर्णालीका वेलुमाया महतारा र रेडियो कैलासका छेपाल लामाको प्रत्यक्ष निगरानीमा अनुगमन गरिएको हो ।

सिमकोट गाउँपालिका वडा नं १ ग्याग्रुका १२ घरधुरीमा निर्माण भएका १२ वटा धारा, छिपछिपा खोलामा २० लाखबाट निर्माण भएको पहिरो नियन्तण तटवन्धन, ठुलोमेला वृक्षा रोपण घेरवार,कुम्लिङ जिउलामा मुख्य मन्त्री रोजगारबाट निर्माण भएको सिचाइ, महिला आयआर्जनका लागी २० वटा ग्रिनहाउस निर्माण, त्यसै गरी रामदेव माध्यामिक विद्यालय ठेहेमा निर्माण भएको २ वटा ४ कोठे भवन र मन्चको अनुगमन गरिएको सिमकोट गाउँपालिकाका उपाध्यक्ष शुसिला रोकायाले बताएकी छन् ।

यस अघि कर्णाली प्रदेशका मुख्य मन्त्री जिवन बहादुर शाहीको पहलमा निर्माण भएको कुटानी पिसानी मिल मर्मतका लागी सिमकोट गाउँपालिकाको ५ लाख आर्थिक सहयोगमा मर्मत गरिएको सोको पनि अनुगमन गरिएको छ । सोही अनुसार रामपाल माडु मन्दिर संरक्षणका लागी निर्माण गरिएको तटवन्धन र गेटको पनि अनुगमन गरिएको छ ।

अनुगमनका क्रममा प्राविधिक स्टामेट अनुसारका काम भएको र केही निर्माण आयोजनामा कमी कम्जोरी देखिएकाले त्यसको सुधारका लागी समेत निर्देशन दिएको सिमकोट गाउँपालिका उपाध्यक्ष शुसिला रोकायाले बताएकी छन् ।

विरामीलाई स्वास्थ्य उपचारमा सहजता होस भन्ने हेतुले ठेहे स्वास्थ्य चौकी मर्मतका लागी केही रकम गएकोमा सोही रकम बराबरको गुणस्तरी ढंगले मर्मत कार्य भएको पाइएको सिमकोट गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष नन्द रावतले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९