जिल्ला समन्वय समितिका सदस्य एव कार्यवाहक अध्यक्ष सरिता रावतको नेतृत्वमा अनुगमन गरिएको छ । संघ ,प्रदेश र स्थानिय तहबाट निर्माण भएका योजनाहरुको सिमकोट गाउँपालिकामा अनुगमन गरिएको हो । हुम्ला सिमकोट गाउँपालिका वडा नं १ र २ मा निर्माण भएका विकासे आयोजनाको अनुगमन सिमकोट गाउँपालिका उपाध्यक्ष शुसिला रोकाया,वडा नं ६ का वडा अध्यक्ष नन्द रावत, वडा नं २ का वडा अध्यक्ष देवजन बोहरा, साइड प्राविधिक तेन्जिन लामा, रेडियो कर्णालीका वेलुमाया महतारा र रेडियो कैलासका छेपाल लामाको प्रत्यक्ष निगरानीमा अनुगमन गरिएको हो ।

सिमकोट गाउँपालिका वडा नं १ ग्याग्रुका १२ घरधुरीमा निर्माण भएका १२ वटा धारा, छिपछिपा खोलामा २० लाखबाट निर्माण भएको पहिरो नियन्तण तटवन्धन, ठुलोमेला वृक्षा रोपण घेरवार,कुम्लिङ जिउलामा मुख्य मन्त्री रोजगारबाट निर्माण भएको सिचाइ, महिला आयआर्जनका लागी २० वटा ग्रिनहाउस निर्माण, त्यसै गरी रामदेव माध्यामिक विद्यालय ठेहेमा निर्माण भएको २ वटा ४ कोठे भवन र मन्चको अनुगमन गरिएको सिमकोट गाउँपालिकाका उपाध्यक्ष शुसिला रोकायाले बताएकी छन् ।

यस अघि कर्णाली प्रदेशका मुख्य मन्त्री जिवन बहादुर शाहीको पहलमा निर्माण भएको कुटानी पिसानी मिल मर्मतका लागी सिमकोट गाउँपालिकाको ५ लाख आर्थिक सहयोगमा मर्मत गरिएको सोको पनि अनुगमन गरिएको छ । सोही अनुसार रामपाल माडु मन्दिर संरक्षणका लागी निर्माण गरिएको तटवन्धन र गेटको पनि अनुगमन गरिएको छ ।

अनुगमनका क्रममा प्राविधिक स्टामेट अनुसारका काम भएको र केही निर्माण आयोजनामा कमी कम्जोरी देखिएकाले त्यसको सुधारका लागी समेत निर्देशन दिएको सिमकोट गाउँपालिका उपाध्यक्ष शुसिला रोकायाले बताएकी छन् ।
विरामीलाई स्वास्थ्य उपचारमा सहजता होस भन्ने हेतुले ठेहे स्वास्थ्य चौकी मर्मतका लागी केही रकम गएकोमा सोही रकम बराबरको गुणस्तरी ढंगले मर्मत कार्य भएको पाइएको सिमकोट गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष नन्द रावतले बताएका छन् ।