राज शाही आइतबार, आषाढ १०, २०८० मा प्रकाशित

featured photo: Mansarowar Times

खार्पुनाथ गाउँपालिकालेआगामी आर्थिक वर्षका लागि ३८ करोड ६९ लाख ७५ हजार १ सय ४५ रुपैंया रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।आइतबारदेखि सुरु भएको गाउँपालिकाको गाउँसभा तथा १३ औं अधिवेशनमा उपाध्यक्ष ज्ञानबहादुर सिंहले उक्त बजेट पेस गरेका हुन् । खार्पुनाथ गाउँपालिकामा  आन्तरिक आयको अवस्था भने उत्साहजनक देखिदैन । चालु आर्थिक वर्षको भन्दा केही वढी आन्तरिक आय उठाउने लक्ष्य गाउँपालिकाले राखेको छ ।

आन्तरिक आयमा घर जग्गा वहाल कर  र खानी तथा खनिज पदार्थको राजश्व बाँडफाँटको हिस्सा पनि समावेश छ । गाउँसभामा नीति तथा कार्यक्रम पेस गर्दै गाउँपालिकाका उपाध्यक्ष सिंहले खानेपानी तथा ढल निकासा सरसफाइ  सम्बन्धी योजना ल्याउने घोषणा गरेका छन । गाउँ पालिकामा कृषि पशु स्वास्थ्य शिक्षा रोजगारका क्षेत्रलाई पहिलो प्राथामिकतामा राखिने सिहको नीति तथा कार्यक्रममा उल्लेख छ । यसका लागि संघीय सरकार र प्रदेश सरकारको सहयोग को आशा राखेको सिंहले बताएका छन् ।

सोही गाउँ सभामा चालु तर्फ २४ करोड र पुजीगत तर्फ १३ करोड विनियोजन गरिएको छ । संचित खर्चका बारेमा सोही गाउँपालिकाका प्रवक्ता एव खार्पुनाथ गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष भरत जंग शाहीले प्रस्तुत गरेका थिए । मध्यकालिन खर्चका बारेमा सोही गाउँपालिका न्यायीक समितिका सदस्य एव वडा नं ४ का वडा अध्यक्ष रंगमती शाहीले प्रस्तुत गरेकी थिइन । एमबुलेन्स कार्यविधि २०८० खार्पुनाथ गाउँपालिका वडा नं २ का वडा अध्यक्ष चन्द्र रावलले प्रस्तुत गरेका थिए । करको निति तथा असुली कार्यान्वयनका बारेमा सोही गाउँपालिका वडा नं १ का वडा अध्यक्ष जयबहादुर शाहीले प्रस्तुत गरेका थिए ।

सम्बन्धित

ताजा अपडेट
बालबालिकाका कार्यक्रममा अभिभावक साथमा राख्नु पर्ने नाम्खा उपाध्यक्षः तक्दिर लामा
जिल्ला प्रशासन कार्यालयका सम्पुर्ण कार्यक्रम बहिस्कार
झुठ्ठा मुद्दा खारेजीको माग गर्दै हुम्लामा बिरोध प्रदर्शन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९