हुम्ला
हुम्ला जिल्लामा नेपालगन्ज,सुर्खेत र काठमाण्डौबाट हवाइ तथा पैदल मार्गबाट हुम्लीहरु ठुलो संख्यामा भित्री पछि जिल्लामा सनत्रास फैलिएको छ ।हवाइ मार्गबाट आएका हवाइ यात्रुहरुले पिसिआर तथा आरडिटी चेकजाँच गरि आएकोमा केही सुरक्षीत देखिए पनि पैदल मार्गबाट आएकाहरुको कुनै ठाउमा पनि पिसिआर तथा आरडिटी चेकजाँच नभएकाले हुम्ली कोभिण्ड १९ भित्रियोकी भन्नेमा संका गर्न थालेका छन् ।
हवाइ तथा पैदल यात्रीहरुलाई अनिवार्य १४ दिन क्वारेन्टिनमा राख्ने र हवाइ माध्यमबाट आएका र पैदल मार्गबाट आएकाहरुलाई क्वारेन्टि स्थल फरक फरक गर्नु पर्ने हवाइ तथा पैदल यात्रीहरुले सम्बन्धीत गाउँ पालिकालाई माग समेत गरेका छन् ।
यसै विषयलाई लिएर आज हुम्लाका क्रियासिल पत्रकार र प्रहरी नायव उपरीक्षक बीच छलफल गरिएको छ । जिल्लाको समसामहिक विषय बस्तु माथिको छलफल संगै पत्रकारहरुसंग परिचयात्मक कार्यक्रम सम्पन्न भएको हो ।
सामाजिक दुरी कायम गरि परिचयातमक कार्यक्रम संचालन भएको हो । नयाँ प्रहरी नायव उपरिक्षकमा सुर्य प्रकास सुवेदी मंगलबार मात्र जिल्लामा आएका थिए । कोभिन्ड १९ को माहामारीका वेला जिल्लामा रहेका क्वारेन्टिनको अवस्था र सुरक्षाकर्मीले सुधार्नु पर्ने अवसथाका वारेमा प्रहरी नायव उपरिक्षकले पत्रकार मार्फत जानकारी लिएका थिए ।
हाल जिल्लामा जुवा, तास, कालो वजारी, मधिरा, मुल्य वृद्धिको अवस्था जस्ता सम सामहिक विषयमा उक्त परिचयात्मक कार्यमा प्रहरी नायव उपरिक्षक सुवेदीले जानकारी लिएका थिए ।विशेष गरि उक्त परिचयात्मक कार्यक्रममा जिल्लालाई कसरी कोरोना भाइरसबाट बच्न सकिन्छ भन्ने विषय बस्तु माथि केन्द्रित रहेको थियो ।
कोविन्ड १९ बाट सुरक्षित हुनका लागी प्रहरी नायव उपरिक्षक सुवेदीले आफ्ना सबै संयन्त्रहरु परिचालन गर्ने हुम्ला बासीलाई प्रतिवद्धता समेत व्यक्त गरेका छन् । जिल्लाको सुरक्षा अवस्था मजवुद बनाउने प्रहरी नायव उपरिक्षकले उक्त परिचयात्मक कार्यक्रममा प्रतिवद्धता जनाएका छन् ।
जिल्ला प्रहरी कार्यालयको प्रङगणमा बुधबार दिनको २ वजे संचालित कार्यक्रमा जिल्लामा क्रियासिल पत्रकारहरुको उपस्थित रहेको थियो ।