राज शाही शनिबार, आषाढ ०९, २०८० मा प्रकाशित

सिमकोट गाउँपालिकाले निति तथा कार्यक्रम घोषणा गरेको छ । सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीको अध्यक्षता र प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलको प्रमुख आतिथ्यमा संचालन भएको थियो ।  सिमकोट गाउँपालिकाका उपाध्यक्ष शुसिला रोकाया, जिल्लामा स्थापित राजनैतिक दलका प्रमुख एव प्रतिनिधि सिमकोट गाउँपालिकाका प्रमुख प्रशाकिय अधिकृत उजिर रोकाया लगाएतको विशेष आतिथ्य संचालन भएको थियो ।

विभिन्न संस्कृतिक कार्यक्रमबाट स्वागत गरिएको कार्यक्रममा स्थानिय वडा टोलबाट छनौट भएका योजनाहरुलाई स्तरिकरण गरी ति योजना कार्यान्वयन पक्षलाई प्राथामिकतामा राख्नु पर्ने, सिमकोट गाउँपालिकामा चालु आर्थिक वर्षमा १ सय ५६ योजना दर्ता भएको र १ सय ५० सम्झौता भएकोमा ३७ वटा सम्पन्न भएको  सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीले  बताएका थिए।

बजेटको अवस्था हेरी सिमकोट गाउँपालिकाले पेश गरेका निति तथा कार्यक्रमहरुलाई वढी भन्दा वढी कार्यान्वयनको पाटोमा ल्याउने तिर आफु लागी पर्ने कार्यान्वयन भएका योजनाहरुलाई अनुगमनमा पहिलो प्राथामिकतामा राखी चुस्त दुरुष्त गाउँपालिका सिमकोटलाई बनाउन आफु अग्रसर हुने तर्फ ध्यान केन्द्रित गर्ने, जनताका जनजिविकाका निति तथा कार्यक्रमलाई कडाइका साथ लागु गर्न हरतरह आफ्नो पहिलो पहल हुने, सिमकोट गाउँपालिका बासिलाई सहुलियत सोच्छ उपभोग्य बस्तुका नितिहरुलाई पहिलो कार्यान्वयनको पाटोमा ल्याउने  सिमकोट गाउँपालिका उपाध्यक्ष शुसिला रोकायाले बताएकी छन् ।

कार्यक्रममा सिमकोट गाउँपालिका वडा अध्यक्ष, गाउँ कार्यपालिका सदस्य, जिल्लामा स्थापित राजनैतिक दलका नेता तथा कार्यक्रर्ताहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रम जिल्ला समन्वय समितिमा शनिवार दिनको १२ बजेबाट  संचालन भएको थियो ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९