राज शाही बिहिबार, आषाढ ०७, २०८० मा प्रकाशित

हुम्लाको एक गैर सरकारी संस्थाले आफ्नो कार्यक्षेत्रमा स्वास्थ्य सामाग्री वितरण गरिरहेको छ । हुम्ला जिल्लामा गर्मी वढे सँगै स्वास्थ्य संस्थामा विरामीको चाप वढी स्वास्थ्य सामाग्रीको अभाव कमी भए पछि उक्त संस्थाले स्वास्थ्य सामाग्रीहरु वितरण कार्य सुरु गरेको हो ।

जिल्लाका गाउँपालिकामा स्थापित स्वास्थ्य संस्थामा आवश्यकताका आधारमा स्वास्थ्य सामाग्री वितरण गरिएको स्नोल्याण्ड एकिकृत विकास केन्द्र एस आइ डिसिका निर्देशक गोविन्द बहादुर शाहीले बताएका छन् । हुम्ला जिल्लाको ग्रामिण भेग जुन सदरमुकाम सिमकोटबाट तिन दिनको पैदल लाग्ने चंखेली गाउँपालिका स्वास्थ्य शाखाका लाई ल्यावमा प्रयोग हुने १६ प्रकारका प्रयोग शाला उपकरण सोही गाउँपालिका वडा नं  वडा नं ४ का वडा अध्यक्ष पदमबहादुर शाहीबाट हस्तान्तरण गरिएको सोही संस्थाका स्वास्थ्य संयोजक छक्कबहादुर रोकायाले बताएका छन् । हस्तान्तरण गरिएका सामाग्रीहरुमा १ वटा माइक्रोस्कोप, १ वटा सेमी अटो एनलाइजर र २ हट एर ओपन लगाएतका रहेका छन् ।

सोही गैर सरकारी संस्थाले जेठ ५ गते सर्केगाड गाउँपालिका वडा नं ६मा स्थापित छ्यागी सामुदायीक स्वास्थ्यइकालाई २८ प्रकारका स्वास्थ्य उपकरण हस्तान्तरण गरिएको छ । सोही अनुसार चङखेली गाउँपालिका वडा नं ६ को पुमा गाउँ सोही संस्थाले गाउँ घर क्लिनिक स्थापना गरी उक्त स्वास्थ्य संस्था संचालनका लागी  २० प्रकारका स्वास्थ्य उपकरण सोही वडाका वडा अध्यक्ष जयबहादुर सिरालाई हस्तान्तरण गरिएको संयोजक रोकायाले बताएका छन् ।

स्नोल्याण्ड एकिकृत विकास केन्द्र एस आइ डिसीले आफ्नो कार्यक्षेत्रमा शिक्षा, स्वास्थ्य, सहकारी, कृषीका क्षेत्रमा काम गर्दै आइ रहेको छ । आफ्नो बार्षिक लक्ष्य अनुसार स्वास्थ्यका क्षेत्रमा काम गर्ने क्रममा अषाढ ५ गते चंखेली गाउँपालिका  मिमि स्वास्थ्य चौकीलाई ३३ प्रकारका  स्वास्थ्य उपकरण वितरण गरेको छ ।

उक्त स्वास्थ्य सामाग्री गुड नेभर्स इन्ट्रर नेस्नल नेपालको आर्थिक सहयोग र स्नोल्याण्ड एकिकृत विकास केन्द्र एस आइ डिसीको समन्वय उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको र विहिबार मात्रै खार्पुनाथ गाउँपालिका वडा नं २ को थाली सामुदायीक स्वास्थ्य इकाइमा ११ प्रकारका स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको र यो स्वास्थ्य सामाग्री प्राप्त गरे पछि त्यहाँका स्थानियवासीलाई स्वास्थ्य उपचार गर्न र गाउँ घरमै सहजढंगले औषधी पाइ उपचार गर्न सकुन भन्ने हेतुले स्वास्थ्य सामाग्री स्वास्थ्य संस्थाहरुलाई हस्तान्तरण गरेको गुड नेवर्स इन्टरनेस्नल नेपालका कार्यक्रम संयोजक रमेश बहादुर शाहीलेवताएका छन् । सम्बन्धित वडामा स्थापना भएका स्वास्थ्य संस्थालाई औषधी सँगै उपकरण उपलब्ध गराएमा जनताले आफ्नो वडा भन्दा टाढाका स्वास्थ्य संस्थामा पुगी औषधी उपचार गर्न नपरोस जनताले सर्वसुलव ढंगले आफ्नै गाउँठाउँबाट सेवा पाउन भन्ने संस्थाको हेतु रहेको निर्देश शाहीले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९