राज शाही बुधबार, आषाढ ०६, २०८० मा प्रकाशित

featured photo: Mansarowar Times

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट विद्यालय भवन निर्माण गरिएको छ । सर्केगाड गाउँपालिका वडा नं ८ रादेउमा स्थापना भएको निलकण्ठ आधारभुत विद्यालयमा भवन निर्माण गरिएको हो ।राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट २ कोठ भवनको लागी १८ लाख वजे प्राप्त भएकोमा उक्त विद्यालयमा विद्यार्थीको संख्यालाई मध्यनजर रहि ६ कोठा निर्माण गरिएको हाम्रा सर्केगाड संवाददाता ओम प्रसाद जैसीले बताएका छन् । उक्त भवनको बाहिर पट्टी पलास्टर समेत गरिएको छ ।

त्यसै गरी सामाजिक विकास कार्यालय सिमकोट हुम्लाको आर्थिक सहयोगमा सोही विद्यालयको खेल मैदान समेत निर्माण गरिएको छ । सामाजिक विकास कार्यालयबाट १० लाख आर्थिक सहयोगमा उक्त विद्यालयको खेल मैदान निर्माण गरेको जैशीले बताएका छन् । नयाँ निर्माण भएको विद्यालयको भवन र खेल मैदानको सर्केगाड गाउँपालिका अध्यक्ष ठानबहादुर रोकाया , इन्जिनियर रामराज शाही , वडा नं ३ का वडा अध्यक्ष अकिल कार्की लगाएतका कर्मचारी, जनप्रतिनिधिहरुले अनुगमन गरेको जानकारी प्राप्त भएको छ ।

अनुगमनका क्रममा प्राविधिक स्टामेट भन्दा पनि वढी काम गरेको र स्थानियवासीले अपनत्वको भावना जगाइ विद्यालय भवन र खेल मैदान गुणस्तरिय ढंगले निर्माण गरेको पाइएको सोही गाउँपालिका अध्यक्ष ठानबहादुर रोकायाले बताएका छन् । निल कण्ठ आधार भुत विद्यालय रादेउमा हाल १ सय ५० भन्दा वढी विद्यार्थी अध्यनरत रहेका छन् । उक्त विद्यालयमा बालविकास देखि कक्षा आठ सम्म पठन पाठन हुने गरेको छ ।

सम्बन्धित

ताजा अपडेट
२२ औं महिला स्वास्थ्य स्वयंसेविका दिवस  विभिन्न कार्यक्रम गरि मनाइयो
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९