राज शाही बुधबार, आषाढ ०६, २०८० मा प्रकाशित

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट विद्यालय भवन निर्माण गरिएको छ । सर्केगाड गाउँपालिका वडा नं ८ रादेउमा स्थापना भएको निलकण्ठ आधारभुत विद्यालयमा भवन निर्माण गरिएको हो ।राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट २ कोठ भवनको लागी १८ लाख वजे प्राप्त भएकोमा उक्त विद्यालयमा विद्यार्थीको संख्यालाई मध्यनजर रहि ६ कोठा निर्माण गरिएको हाम्रा सर्केगाड संवाददाता ओम प्रसाद जैसीले बताएका छन् । उक्त भवनको बाहिर पट्टी पलास्टर समेत गरिएको छ ।

त्यसै गरी सामाजिक विकास कार्यालय सिमकोट हुम्लाको आर्थिक सहयोगमा सोही विद्यालयको खेल मैदान समेत निर्माण गरिएको छ । सामाजिक विकास कार्यालयबाट १० लाख आर्थिक सहयोगमा उक्त विद्यालयको खेल मैदान निर्माण गरेको जैशीले बताएका छन् । नयाँ निर्माण भएको विद्यालयको भवन र खेल मैदानको सर्केगाड गाउँपालिका अध्यक्ष ठानबहादुर रोकाया , इन्जिनियर रामराज शाही , वडा नं ३ का वडा अध्यक्ष अकिल कार्की लगाएतका कर्मचारी, जनप्रतिनिधिहरुले अनुगमन गरेको जानकारी प्राप्त भएको छ ।

अनुगमनका क्रममा प्राविधिक स्टामेट भन्दा पनि वढी काम गरेको र स्थानियवासीले अपनत्वको भावना जगाइ विद्यालय भवन र खेल मैदान गुणस्तरिय ढंगले निर्माण गरेको पाइएको सोही गाउँपालिका अध्यक्ष ठानबहादुर रोकायाले बताएका छन् । निल कण्ठ आधार भुत विद्यालय रादेउमा हाल १ सय ५० भन्दा वढी विद्यार्थी अध्यनरत रहेका छन् । उक्त विद्यालयमा बालविकास देखि कक्षा आठ सम्म पठन पाठन हुने गरेको छ ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९