राज शाही बुधबार, आषाढ ०६, २०८० मा प्रकाशित

featured photo: Mansarowar Times

नबौ अन्तराष्ट्रिय योग दिवसको अवसरमा योग भ्यास सँगै निशुल्क आयुवेर्द तथा योग शिविर संचालन गरिएको छ । सोही दिवसको अवसरमा वुधबार विहान साढे ५ वजेबाट सिमकोटको मानसरोवर होटलमा योग अभ्यास संचालन गरिएको थियो । उक्त योग अभ्यासमा जिल्लाका ६० जना भन्दा वढी व्यक्तीहरुको सहभागीता रहेको थियो ।

यस अघि प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलको संयोजगत्वमा नवौ अन्तराष्ट्रिय दिवश मुल समारोह समिति गठन गरिएको थियो । जिल्ला स्वास्थ्य सेवा कार्यालय, सिमकोट गाउँपालिका  र आयुर्वेद स्वास्थ्य केन्द्रको संयुक्त आयोजनामा योग अभ्यास शिविर संचालन गरिएको हो ।

त्यसै गरि जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सिमकोट हुम्लाको आयोजनामा सिमकोट गाउँपालिका वडा नं ७ चौगान फयामा निःशुल्क आयुर्वेद तथा योग शिविर संचालन भएको सोही कार्यालय प्रमुख कृष्ण चन्द जोसीले  बताएका छन् । १ दिने निःशुल्क आयुर्वेद स्वास्थ्य शिविरमा महिला १ सय ६ र पुरुष ८१ गरी जम्मा १ सय ८७ जनाले उपचार पाएको प्रमुख जोसीले बताएका छन् ।

स्थानियवासीको स्वास्थ्य चेक जाँच संगै ४० प्रकारका औषधी समेत निःशुल्क वितरण गरिएको प्रमुख जोसीले बताएका छन् । उक्त शिविरमा ग्यास्टिक, अमलपित, रुघा, खोकी , ज्वोरो, वाद, सेतो पानी वग्ने लगाएतका रोगहरुको निःशुल्क उपचार गरिएको छ ।

सम्बन्धित

ताजा अपडेट
बन्द हुदै आएको कर्णाली करिडोरको बोक्चेगौडा सडक आजबाट खुल्ला
एकिकृत सामुदायिक बिकास परियोजना ब्यबस्थापन समिति  गठन
हुम्ला जिल्ला अदालतद्धारा अर्ध न्यायिक निकायहरूको अनुगमन  कार्यलाई तिव्र

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९