राम बुढा सोमबार, आषाढ ०४, २०८० मा प्रकाशित

शारीरिक रुपमा फरक क्षमता भएका बालबालिकालाई विद्यालय पोशाक सँगै स्टेस्नरीका सामाग्री सहयोग गरिएको छ । उक्त सामाग्री हुम्ला जिल्लाको सदरमुकाम सिमकोटमा संचालित वहिरा तथा बहुदिक अपाङ्ग छात्रा बास साहार समुहलाई उपलब्ध गराइएको हो ।हुम्ला जिल्लाको   सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारी, उपाध्यक्ष शुसिला रोकायाको पहलमा र आधार नेपालको स्थलगत अध्ययन पछि उक्त सामाग्रि आधार नेपालले हस्तन्तरण गरिएको हो ।

हुम्ला जिल्लाका सिमकोट र नाम्खा गाउँपालिकामा शिक्षा स्वासथ्यका क्षेत्रमा काम गर्दै आएको उक्त संस्थाले फरक क्षमता भएका विद्यार्थीहरुका लागी मध्यम साइजको कापी २ सय थान, बाक्लो कापी १ सय ६० र अन्य १ सय ४०,पेन्सिल कटर ६०, साइनपेन कलर ५६ पाकेट, अङ्क लेखन पुस्तीका २५ र विद्यालय पोशाक सँग मिल्दो जुल्दो ट्याक्सुट ४६ जोर हस्तान्तरण गरेको सोही संस्थाका शिक्षा संयोजक कुन्जोक लामाले बताएका छन् ।

उक्त सामाग्री सोमबार एक कार्यक्रमको आयोजना सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी र उपाध्यक्ष शुसिला रोकायाको उपस्थितमा हस्तान्तरण गरेको हो ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९