राम बुढा सोमबार, आषाढ ०४, २०८० मा प्रकाशित

featured photo: Mansarowar Times

शारीरिक रुपमा फरक क्षमता भएका बालबालिकालाई विद्यालय पोशाक सँगै स्टेस्नरीका सामाग्री सहयोग गरिएको छ । उक्त सामाग्री हुम्ला जिल्लाको सदरमुकाम सिमकोटमा संचालित वहिरा तथा बहुदिक अपाङ्ग छात्रा बास साहार समुहलाई उपलब्ध गराइएको हो ।हुम्ला जिल्लाको   सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारी, उपाध्यक्ष शुसिला रोकायाको पहलमा र आधार नेपालको स्थलगत अध्ययन पछि उक्त सामाग्रि आधार नेपालले हस्तन्तरण गरिएको हो ।

हुम्ला जिल्लाका सिमकोट र नाम्खा गाउँपालिकामा शिक्षा स्वासथ्यका क्षेत्रमा काम गर्दै आएको उक्त संस्थाले फरक क्षमता भएका विद्यार्थीहरुका लागी मध्यम साइजको कापी २ सय थान, बाक्लो कापी १ सय ६० र अन्य १ सय ४०,पेन्सिल कटर ६०, साइनपेन कलर ५६ पाकेट, अङ्क लेखन पुस्तीका २५ र विद्यालय पोशाक सँग मिल्दो जुल्दो ट्याक्सुट ४६ जोर हस्तान्तरण गरेको सोही संस्थाका शिक्षा संयोजक कुन्जोक लामाले बताएका छन् ।

उक्त सामाग्री सोमबार एक कार्यक्रमको आयोजना सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी र उपाध्यक्ष शुसिला रोकायाको उपस्थितमा हस्तान्तरण गरेको हो ।

सम्बन्धित

ताजा अपडेट
२२ औं महिला स्वास्थ्य स्वयंसेविका दिवस  विभिन्न कार्यक्रम गरि मनाइयो
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९