राज शाही सोमबार, आषाढ ०४, २०८० मा प्रकाशित

featured photo: Mansarowar Times

मासु तथा मासुजन्य पदार्थको मुल्य श्रृङखोला सम्बन्धी सरोकारवाला निकाय सँग १ दिने गोष्ठी संचालन भएको छ । हुम्ला जिल्लामा मासुको मुल्यमा मनपरी भए पछि सिमकोट गाउँपालिकाले उक्त गोष्ठीको आयोजना गरिएको हो । सिमकोट गाउँपालिका वडा नं १ देखि ८ सम्मका जनताले स्वच्छ मासु सर्वसुलव ढंगले खान पाउन भन्ने हेतुले सिमकोट बजारमा पाइने खशि तथा पशु पन्छीको मासुको दर रेटमा एकरुपता ल्याउन र स्वच्छ मासु विक्रि वितरणका लागी मुल्य श्रृङखलाको १ दिने गोष्ठी आयोजना गरिएको सिमकोट गाउँपालिका पशु स्वास्थ्य प्राविधिक विष्णु वुमीले  बताएका छन् ।

सदरमुकाम सिमकोटमा मासु जथाभावी वजारमा काटिने, उक्त मासु दुसित हुने, सो मासु खानाले उपभोक्ता विरामी भइ महामारी सम्म फैलने तर्फ सिमकोट गाउँपालिका सचेत हुँदै, गोष्टीमा पशु पन्छीको मासु बिक्रि गर्ने व्यवसायीलाई स्वच्छ मासु विक्रिवितरण गर्न, मासुको पनि किसिम छुट्याइ सोही अनुसारको दर रेट कायम गरी तौलने साधनहरु पनि चुस्त दुरुस्त हुनु पर्ने  सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीले बताएका थिए ।

मानव जिवनका लागी हानिकार मासु बिक्रि वितरण नगर्न र कुखुरा मध्यको कोइलर मासु जिल्ला बाहिरबाट आयतै नगर्न र कोइलर मासु पनि नखान उपभोक्ता ग्राहलाई सचेत गराउदै, हुम्ला जिल्लाकै सरि सल्लाबाट खच्चर तथा हेलिकप्टरबाट मासु आयात नगर्न, सिमकोट गाउँपालिकाकी उपाध्यक्ष सुसिला रोकायाले  बताएका छन् ।

हवाइ जहाजको भाडा वृद्धि हुँदा कुखुराको मासुको मुल्यमा घटबढ हुने र खसिको मासुको मुल्य सिमकोटमा वढेको झुठ्ठा अफवा फैलाइ दिदा गाउँ घरमा खसिको मुल्य वढ्ने गरेकाले खसिको मासुको महंगो पर्ने गरेको मासु वेवसायी लोक्ते कामीले बताएका छन् । मानसरोवर होटलमा सोमबार विहान ८ वजे सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीको अध्यक्षता, उपाध्यक्ष शुसिला रोकायाको प्रमुख आतिथ्य र सोही गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष पामा लामा, वडा नं ६ का वडा अध्यक्ष नन्द रावत लगाएतको विशेष आतिथ्यमा संचालन भएको थियो ।

सम्बन्धित

ताजा अपडेट
अनुमति लिएर राखिएका हातहतियार बुझाउन अपिल
लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन भएको , काँग्रेस उम्मेदवार रोकाया
प्रतिनिधिसभा निर्वाचनका लागि हुम्ला जिल्लाबाट ८ वटा दलले मनोनयन दर्ता

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९