राज शाही शनिबार, आषाढ ०२, २०८० मा प्रकाशित

featured photo: Mansarowar Times

२ दिन संचालन भएको आँखा शिविर सम्पन्न भएको छ । कर्णाली प्रदेश हुम्ला जिल्लाको मध्य क्षेत्रमा रहेको सर्केगाड गाउँपालिकामा अषाढ १ गतेबाट सुरु भइ आज सम्पन्न भएको साँया स्वास्थ्य चौकीका इन्चार्ज ववरजंग पालले बताएका छन् । सर्केगाड गाउँपालिका भरीका आँखाका विरामी सँगै चंखेली, अदानचुली, ताँजाकोट गाउँपालिकाका विरामीहरु समेत उपचार गर्न उपस्थित भएको इन्चार्ज पालले बताएका छन् ।

पहिलो दिन सुक्ररबार ६५ जना र आज दोश्रो दिन शनिवार २५ जना गरी जम्मा ९० जनाको आँखा शिविरमा अप्रेसन गरिएको र अन्य साधण चेक जाँच ३ सय ४४ जनाको गरिएको जानकारी प्राप्त भएको छ ।

सर्केगाड गाउँपालिकाका अध्यक्ष ठान बहादुर रोकाया उपाध्यक्ष चन्द्र सिह कार्की लगाएतको पहलमा सँगै सोही गाउँपालिकाको आयोजनामा संचालन भएको शिविरको आर्थिक सहयोग निशुल्क स्वास्थ्य शिविरलाई तिलगंगा आँखा प्रतिष्ठान काठमाण्डौको गरेको  हो ।

यस सेवामा प्रत्यक्ष जाेडिनुहुने तिलगंगा आँखा प्रतिष्ठानका सि.ई.ओडा. रिता गुरुङ्काे नेतृत्व टिम तथा स्वास्थ्य शाखा, सायाँ स्वास्थ्य चाैकीका स्वास्थ्य कर्मि साथिहरुलाई सम्पुर्णमा हार्दिक धन्यवाद सहित सम्पुर्ण सेवाग्राही हरुको उच्च मनाेवलका साथ उज्वल भबिस्यको कामना गरिएको सर्केगाड गाउँपालिका अध्यक्ष ठानबहादुर रोकायाले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
अनुमति लिएर राखिएका हातहतियार बुझाउन अपिल
लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन भएको , काँग्रेस उम्मेदवार रोकाया
प्रतिनिधिसभा निर्वाचनका लागि हुम्ला जिल्लाबाट ८ वटा दलले मनोनयन दर्ता

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९