राज शाही सोमबार, जेठ २२, २०८० मा प्रकाशित

१ सय ५० कुन्टल नुन वितरण गरिएको छ । नेपाल सरकारले ढुवानीमा अनुदान दिदै आएको नुन कर्णाली प्रदेशको हुम्ला जिल्लाको निर्वाचन क्षेत्र नं क को अदानचुली गाउँपालिकामा वितरण गरिएको हाम्रा अदानचुली संवाददाता राम बुढाले बताएका छन् ।

अदानचुली गाउँपालिका वडा नं ४ मा रहेको रिल्म, विगोठी र पाम्स र वडा नं ५ काँखे, बारीगाउँ र करकाही र वडा नं ६ पाल्स लमही लगाएतका गाउँमा अनुदानको नुन वितरण गरिएको वुढाले बताएका छन् । ३ वडालाइ प्रति वडा ५० कुन्टलका दरले १ सय ५० कुन्टल वितरण गरिएको हो । ठेकेदार लोकेन्द्र शाहीले नुन अदानचुली गाउँपालिकामा ढुवानी गरी पुर्याए पछि सोमबार एक कार्यक्रमका बीच प्रति घरधुरीलाइ १५ केजी पर्ने गरी सो नुन वितरण गरिएको बुढाले बताएका छन् ।

उक्त नुन वितरण कार्यक्रममा सोही गाउँपालिका उपाध्यक्ष कर्ण रोकाया निमित्त प्रमुख प्रशासकिय अधिकृत दलबहादुर थापा, वडा नं १ का वडा अध्यक्ष अके महतारा, वडा नं २ का वा हिर भण्डारी, वडा नं ३ डिलबहादुर फडेरा, वडा नं ४ का का वा अध्यक्ष अपुरी सुनार, वडा नं ५ का का वा अध्यक्ष सिग बोहोरा वडा नं ६ का विर्ख बहादुर वुढा लगाएतका व्यक्तीहरुको उपस्थित रहेको संवाददाता वुढाले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९