राज शाही सोमबार, जेठ २२, २०८० मा प्रकाशित

featured photo: Mansarowar Times

१ सय ५० कुन्टल नुन वितरण गरिएको छ । नेपाल सरकारले ढुवानीमा अनुदान दिदै आएको नुन कर्णाली प्रदेशको हुम्ला जिल्लाको निर्वाचन क्षेत्र नं क को अदानचुली गाउँपालिकामा वितरण गरिएको हाम्रा अदानचुली संवाददाता राम बुढाले बताएका छन् ।

अदानचुली गाउँपालिका वडा नं ४ मा रहेको रिल्म, विगोठी र पाम्स र वडा नं ५ काँखे, बारीगाउँ र करकाही र वडा नं ६ पाल्स लमही लगाएतका गाउँमा अनुदानको नुन वितरण गरिएको वुढाले बताएका छन् । ३ वडालाइ प्रति वडा ५० कुन्टलका दरले १ सय ५० कुन्टल वितरण गरिएको हो । ठेकेदार लोकेन्द्र शाहीले नुन अदानचुली गाउँपालिकामा ढुवानी गरी पुर्याए पछि सोमबार एक कार्यक्रमका बीच प्रति घरधुरीलाइ १५ केजी पर्ने गरी सो नुन वितरण गरिएको बुढाले बताएका छन् ।

उक्त नुन वितरण कार्यक्रममा सोही गाउँपालिका उपाध्यक्ष कर्ण रोकाया निमित्त प्रमुख प्रशासकिय अधिकृत दलबहादुर थापा, वडा नं १ का वडा अध्यक्ष अके महतारा, वडा नं २ का वा हिर भण्डारी, वडा नं ३ डिलबहादुर फडेरा, वडा नं ४ का का वा अध्यक्ष अपुरी सुनार, वडा नं ५ का का वा अध्यक्ष सिग बोहोरा वडा नं ६ का विर्ख बहादुर वुढा लगाएतका व्यक्तीहरुको उपस्थित रहेको संवाददाता वुढाले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
२२ औं महिला स्वास्थ्य स्वयंसेविका दिवस  विभिन्न कार्यक्रम गरि मनाइयो
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९