राज शाही शुक्रबार, जेठ १९, २०८० मा प्रकाशित

२ दिने पुरुष बन्ध्याकरण शिविर संचालन भएको छ । कर्णाली प्रदेशको हुम्ला जिल्लाको मध्य क्षेत्रमा रहेको सर्केगाड गाउँपालिकामा पुरुष बन्ध्याकरण शिविर संचालन भएको हो । सन्तानका रहर पुगेका दम्पतीले घरको सल्लाह बमोजिम पुरुष बन्ध्याकरण गरिएको साँया स्वास्थ्य चौकी इन्चार्ज बबरजंग पालले बताएका छन् ।

दुई सन्तान इश्वरको वर्दान भन्ने मुल मन्त्रलाई आत्म साथ गर्दै सोही गाउँपालिकाका ६८ जनाले पुरुष बन्ध्याकरण गरेको इन्चार्ज पालले बताएका छन् । जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाको आयोजनामा जेठ १८ गतेबाट संचालन भइ आज सुक्रबार सम्पन्न भएको हो । वढी सन्तानको जन्म दिदा घर परिवारको पालन पोषण शिक्षा दिक्षा दिन समस्या हुने भएकाले २ सन्तान जन्माइ सकेका पुरुषहरुले वन्ध्याकरण गरेको खवर प्राप्त भएको हो ।

बन्ध्याकरण गरेमा पुरुष कम्जोर हुन्छन भन्ने रुढी वादी मानसिकताले गाजिएको समाजमा इन्चार्ज पालले पुरुष वन्ध्याकरण गर्दा कम्जोर नहुने बरु सानो परिवार शुखी परिवार हुँदा मिठो मसिनो खान पाइने पूरुषहरु हिष्ठ पुष्ट हुने बताएका छन् । शिविरको आयोजना साँया स्वास्थ्य चौकी र समन्वय सर्केगाड गाउँपालिकाको रहेको पालले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९