राज शाही शुक्रबार, जेठ १९, २०८० मा प्रकाशित

featured photo: Mansarowar Times

रैथाने सिपको संरक्षणका लागी २० दिने तालिम सम्पन भएको छ । हुम्ला जिल्लाको रैथाने सिप संरक्षण हुनुका साथै महिलाको आय आर्जन वृद्धिका लागी संचालन गरीएको वख्खु, रातो काम्लो र सल उत्पादन सम्बन्धिको तालिम सम्पन्न भएको हो ।

हुम्ला जिल्लामा विवाह, वर्तवन्द लगाएत शुभ कार्यमा प्रयोग हुने बख्खु, रातो काम्लो  र सल उत्पादन गरी हुम्लीको पहिचान सहितको गहाना बनाउने तालिम दिइ यसको देश तथा विदेश सम्म प्रचार  प्रसार गरी यसको प्रयोगमा जोड दिने लक्ष्य रहेको सिमकोट गाउँपालिकाका अध्यक्ष बीजय भण्डारीले बताएका छन् ।

यसको उत्पादन गर्न सकेको खण्डमा जिल्ला भित्रै पनि राम्रो आम्दानीको श्रोत भएको र यी सामाग्री बनाउन कडा मिहिनेत लाग्ने भएकाले यो तालिम लिइ व्यवसायीक वनेको खण्डमा व्यवासायीहरुलाई उत्पादनमा प्रोत्साहनका लागी गाउँपालिकाले पनि सहयोग गर्न सक्ने सोही गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत उजिर रोकायाले बताएका छन् ।

सिमकोट गाउँपालिकाको आर्थिक सहयोगमा सो तालिम २० दिन सम्म सिमकोट गाउँपालिका महिलाहरुलाई सिकाइएको थियो र सिप सिकाय अनुसारको गुणस्तरीय ढंगले तालिममा सहभागीले उत्पादन गरेको पाइएको  सोही गाउँपालिकाकी कर्मचारी गंगा रोकायाले बताएकी छन् ।

हुम्ला जिल्लामा वख्खु, रातो काम्लोको मुल्य २० हजार देखि माथि पर्ने गरेको र तालिम बैशाख २२ गतेबाट सुरु भइ जेठ ११ गते सम्पन्न भएको भए पनि तालिममा सहभागीको अनुरोधमा आज सुक्रबार सम्म संचालन गरी एक कार्यक्रमका बीच सो तालिम सम्पन्न गरिएको सिमकोट गाउँपालिकाकी शाखा अधिकृत ममता महतले बताएकी छन् ।

सम्बन्धित

ताजा अपडेट
अनुमति लिएर राखिएका हातहतियार बुझाउन अपिल
लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन भएको , काँग्रेस उम्मेदवार रोकाया
प्रतिनिधिसभा निर्वाचनका लागि हुम्ला जिल्लाबाट ८ वटा दलले मनोनयन दर्ता

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९