राज शाही आइतबार, जेठ २५, २०७७ मा प्रकाशित

हुम्ला

स्वास्थ्यका द्धष्टिले उत्तम मानिएको सिस्नुको पुनताजकीए तालीम सुरु भएको छ । कर्णाली प्रदेशको हुम्ला जिल्लामा सहजै रुपमा पाइने सिस्नुको पुन ताजकिए तालिम जिल्ला सदरमुकाम सिमकोटमा आइतबारबाट सन्चालन भएको हो ।

सिमकोट गाउँ पालिका वडा नं १, २ र ३ का लागी संचालन भएको तालिममा १५ जना महिला र १ जना पुरुष गरी १६ जनाको उपस्थित रहेको छ । ठेह, दोजाम र वरगाउका स्थानियको सहभागीता रहेको छ ।

सहर बजारमा महगो मुल्यमा विक्रि हुने सिस्नु हुम्ला जिल्ला भरि नै सहजै रुपमा पाउने गरेको छ । ७ दिन सम्म संचालन हुने तालीममा सिस्नुलाई पिस्ने, सुकाउने, लेवलिङ गर्ने, प्याकिङ गर्न विधिका बारेमा सिकाउनुका साथै बजारिकरणको संभाव्यता अध्यनको खोजी गर्ने सिकाइने स्नोल्याण एकिकृत विकास केन्द्रका लघुउद्योग विकास अधिकृत गौरब अधिकारीले बताएका छन् ।

तालिमको आर्थिक सहयोग उधोग तथा उपभोक्ता हित संरक्षण समितिको र प्राविधिक सहयोग स्नोल्याण एकिकृत विकास केन्द्र एस आइ डिसिको रहेको छ । तालिमको आज उत्घाटन गरिएको थियो । उत्घाटन कार्यक्रमको अध्यक्षता स्नोल्याण्ड एकिकृत विकास केन्द्रका कार्यकारी निर्देशक गोविन्द बहादुर शाहीको र प्रमुख आतिथ्य सिमकोट गाउँ पालिका वडा न १ का वडा अध्यक्ष ताराबहादुर लामाको र विशेष आतिथ्य सोही गाउँ पालिका वडा न २ का वडा अध्यक्ष नरबहादुर भण्डारी र उद्योग उपभोक्ता हित संरक्षण सिमितका प्रमुख धुर्वकुमार बाठामगरको रहेको थियो ।

 

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९