राज शाही बुधबार, जेठ १७, २०८० मा प्रकाशित

हुम्ला जिल्लामा ३ दिने निशुल्क स्वास्थ्य शिविर संचालन हुने भएको छ । विशेषज्ञ चिकित्सकहरुद्धारा वृहत निशुल्क स्वास्थ्य शिविर जिल्ला स्वास्थ्य सेवा कार्यालय सिमकोटमा हुने भएको हो । उक्त शिविर जेठ २५,२६ र २७ गतेको दिन सिमकोट, खार्पुनाथ तथा नाम्खा गाउँपालिकाको आयोजना र प्रारम्भ सामाजिक संस्था तथा सिंगापुर रेडक्रसको सहयोगमा स्वास्थ्य सेवा कार्यालय हम्ला हुने भएको हो ।

उक्त शिविरमा जनरल फिजिसियन, हाडजोर्नी तथा नसा, नाक, कान, घाँटी, छाला रोग, बाल रोग लगायत वृहत निशुल्क स्वास्थ्य शिविर हुने भएको बताउदै सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीले  उक्त शिविर संन्चालन गर्दा लाग्ने खर्च खार्पुनाथ, सिमकोट र नाम्खा गाउँपालिकाले वेहोर्ने निर्णय भएको र सोही निर्णयको पालना गर्ने बताएका छन् ।मिडिया पार्टनर रेडियो कैलास र रेडियो कर्णाली आवाज रहेको उक्त निशुल्क स्वास्थ्य शिविर विहान ८ वजेबाट वेलुका ४ वजे सम्म जिल्ला स्वास्थ्य सेवा कार्यालयमा संचालन हुने भएको छ ।

यस अघि विरामी भइ चेक जाँच गरेका विरामीहरुले आफुले पहिला चेकजाँच गरेको रिर्पोट र खाइ रहेको औषधीको विलपनि साथमा ल्याउदा चिकित्सकहरुलाई उपचार गर्न सहज हुने जिल्ला स्वास्थ्य सेवा कार्यालय प्रमुख प्रेमबहादुर सिहले बताएका छन् । सोही निशुल्क स्वास्थ शिविर व्यवस्थापनका लागी सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीको अध्यक्षतामा वसेको वैठकले गरेको निर्णयमा सो शिविरमा लाग्ने सम्पुर्ण खर्च खार्पुनाथ, सिमकोट र नाम्खा गाउँपालिकाले वेहोर्ने, उक्त स्वास्थ्य शिविरलाई व्यवस्थित ढंगले संचालनका लागी यी तिन वटा गाउँपालिकाले स्वयम सेवकको रुपमा स्वास्थकर्मी परिचालन गर्ने लगाएतको निर्णय गरिएको जिल्ला स्वास्थ्य कार्यालयका नायव शुब्बा मणि कृष्ण जैसीले  बताएका थिए ।

दिनको २ वजेबाट जिल्ला स्वास्थ्य सेवा कार्यालयमा संचालन भएको शिविर व्यवस्थापन समितिको बैठकमा खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्ण रावल, नाम्खा गाउँपालिका उपाध्यक्ष तक्दिर लामा, प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेल, प्रहरी नायव उपरिक्षक भिमलाल भटराइ, जिल्ला स्वास्थ्य सेवा कार्यालय प्रमुख प्रेम सिह, आधार नेपालका कुन्जोक लामा, पत्रकार महासँघका अध्यक्ष राजन रावत, रेडियो कणाली आवजका नवराज महतारा र रेडियो कैलासका राज शाही लगाएतका व्यक्तीहरुको उपस्थित रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९