राज शाही मंगलबार, जेठ १६, २०८० मा प्रकाशित

featured photo: Mansarowar Times

पशुहरुमा देखिएको लम्पि स्किन रोगविरुद्धको भ्याक्सिन जिल्लामा आइ पुगेको छ । हुम्ला जिल्ला  सिमकोट गाउँपालिकाको आर्थिक सहयोगले सो रोग विरुद्धको भ्याक्सिन जिल्लामा आइ पुगेको हो । जिल्ला सदरमुकाम सिमकोटका पशुहरुमा लम्पी स्किन रोग लागी पशुहरु मर्न थाले पछि यसको रोकथामका लागी जिल्ला पशु अस्पताल तथा पशु सेवा कार्यालय प्रमुख कृष्णबहादुर रोकाया, सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारी, उपाध्यक्ष शुसिला रोकाया सहित पशु शाखाको पहलमा २ हजार डोज सिमकोटमा आइ पुगेको सोही गाउँपालिका पशु शाखा नायव पशु स्वास्थ प्राविधिक विष्णु बुमिले बताएका छन् ।

औषधी आइ पुगे सँगै रोग प्रभावित क्षेत्रमा सिमकोट गाउँ पालिकाका पशु प्राविधिक खटी उपचारमा लाग्ने बताएका छन् । सिमकोट गाउँपालिका वाहेक अन्य गाउँपालिकामा लम्पी स्किन विरुद्धको भ्याक्सिन खरिदका लागी र उक्त रोग रोकथामका लागी हाल सम्म केही पहल नभएको पशु पालक कृषकले गुनासो गरेका छन् । यसको रोकथामका लागी समयमै गाउँपालिका सचेत हनुका लागी पनि कृषकले जानकारी गराएका छन् ।

कार्तिकेवाली धान लगाउने समय भएकाले गोरुहरु विरामी पर्दा रोपाइ गर्न समेत नसकिएको सर्केगाड गाउँपालिका वडा नं ७ का स्थानियवासी एव हाम्रा सर्केगाड संवाददाता ओमप्रसाद जैसीले बताएका छन् ।

लम्पी स्किन रोग लागी मरेका पशु वस्तुहरु खाल्डो खनि पुरिदिन जिल्ला पशु सेवा कार्यालय प्रमुख कृष्णबहादुर रोकायाले बताएका छन् । रोग लागेका पशुहरुबाट अन्य पशुमा झिगा उडुस हावा द्धारा सरी महामारीको रुप लिन सक्ने भएकाले मरेका पशुहरुलाई खाल्डो खरि पुरीदिन पनि पशु कार्यालय प्रमुख रोकायाले पशुपालक कृषकलाई जानकारी गराएका हुन ।

सम्बन्धित

ताजा अपडेट
२२ औं महिला स्वास्थ्य स्वयंसेविका दिवस  विभिन्न कार्यक्रम गरि मनाइयो
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९