धनबहादुर कार्की आइतबार, जेठ १४, २०८० मा प्रकाशित

हिमाली जिल्ला हुम्लामा दसहरा पर्व सुरु भएको छ । जिल्ला सदरमुकाम सिमकोटबाट २ दिनको पैदल यात्रामा पुगीने सर्केगाड गाउँपालिका वडा नं १ जैरमा आइतबारबाट दसहरा पर्व सुरु भएको हो ।

आज आइतबार १४ गते जैर गाउँका जेष्ठ महिला सोही गाउँपालिकाको मेथा भन्ने ठाउँमा स्थापना भएको देवि भवानिको मन्दिरमा पुगी रात भरी जागाराम बसी पुजापाठ गर्ने गरिन्छ । दोश्रो दिन भोली जेठ १५ गतेका दिन सबै भक्तजन युवा युवती उक्त मन्दिरको दर्सन संगै पुजापाठ गरी बेलुका जैर गाउँ नजिक रहेको महादेव चौरमा जम्मा भइ देउडा रेतेउली खेल खेली मनोरन्जन गर्ने गरिन्छ । तेश्रो दिन जेठ १६ गते गंगा दसहरा मनाउने चलन परापुर्वकाल देखि रहँदै आएको स्थानियवासी पुर्णबहादुर कार्कीले बताएका छन् ।

उक्त मेला हेर्नको लागी नजिका जिल्ला बाजुरा मुगु लगाएतका भक्तजनहरु आइ पुजा पाठ गरी देउडा प्रतियोगिता हुने समेत गरेको कार्कीले बताएका छन् । यो पर्व ३ दिन सम्म धामी झाँकी नाची देवि भवानीका मठ मन्दिरमा खसीको वली दिइ पुजापाठ गर्ने गरिन्छ ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९