राज शाही शनिबार, जेठ १३, २०८० मा प्रकाशित

featured photo: Mansarowar Times

४ दिने पाठेघर र अल्ट्रासाउण्ड सम्वन्धिको शिविर संचालन भएको छ । उक्त शिविर सिमकोट गाउँपालिका वडा नं १ र २ मा स्थापना भएको ठेहे स्वास्थ्य चौकी, ३ को वरगाउँ स्वास्थ्य चौकी, ७ को डाँडाफया स्वास्थ्य चौकी र ८ को स्याँडा स्वास्थ्य चौकीमा संचालन भएको सोही गाउँपालिका नर्सिङ स्टाप मनमाया वली शाहीले बताएकी छन् ।

कर्णाली प्रदेशको हुम्ला जिल्ला सिमकोट गाउँपालिकाका ४ वटा स्वास्थ्य चौकीबाट संचालन भएको शिविरमा पाठेघरको उपचार १ सय ३० जनाको गरिएको र पाठेघर सम्बन्धी शिविरमा ठेहेमा २ जना, वरगाउमा ४, स्याँड ५ र डाँडाफयामा ३ जना गरी जम्मा १४ जना जटिल केश देखिएको र उनीहरु जिल्ला अस्पतालमा रिफर गरिएको नर्सिह स्टाप शाहीले बताएकी छन् । पाठेघरका विरामीलाई गरौ भारी नबोक्न, सरसफाइ रहन समेतको सुझाव दिएको शाहीले बताएकी छन।

त्यसै गरी जिल्ला स्वास्थ्य कार्यालयकी वरिष्ठ अनमी एव निर्सिह स्टाप प्रमुख शरिता बोहराको उपस्थितमा अल्ट्रा साउण्ड समेत गरिएको बताएकी छन् । अल्ट्रासाउडमा गर्भवति महिलाको गर्भमा रहेको वच्चाको अवस्था के कस्तो रहेको छ । त्योसँगै आमा स्वास्थ्य अवस्था के छ । बच्चा गर्भमा उल्टो सुल्टो के छ गर्भमा बच्चा दुई वटा छन वा के छन् भन्ने बारेमा सिमकोट गाउँपालिकाका ४ वटा स्वास्थ्य चौकिमा शिविर सँचालन गरी चेक जाँच गरेको नर्सिह स्टाप वली शाहीले बताएकी छन् । अल्ट्रा साउण्ड गर्दा एक जना गर्भवति महिलाको पेटमा २ वटा वच्चा रहेको र एक जना गर्भवति महिलाको अटिल केस देखिएको र उनिहरुलाई जिल्ला अस्पताल रिफर गरिएको वली शाहीले बताएकी छन् ।  उक्त शिविर जेठ १० गते देखि १३ गते सम्म संचालन भएको हो ।

सम्बन्धित

ताजा अपडेट
अनुमति लिएर राखिएका हातहतियार बुझाउन अपिल
लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन भएको , काँग्रेस उम्मेदवार रोकाया
प्रतिनिधिसभा निर्वाचनका लागि हुम्ला जिल्लाबाट ८ वटा दलले मनोनयन दर्ता

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९