राज शाही बिहिबार, जेठ ११, २०८० मा प्रकाशित

featured photo: Mansarowar Times

संघ, प्रदेश र स्थानिय तहबाट संचालित योजनाहरुको अनुगमन गरिएको छ । अनुगमन कर्णाली प्रदेश हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका वडा नं ४ मा निर्माणधिन र निर्माण कार्य सम्पन्न भएका सडक, बाटो, विद्यालय भवन, ढलको अनुगमन गरिएको सोही गाउँपालिका उपाध्यक्ष ज्ञानबहादुर सिंहले बताएका छन् । उपाध्यक्ष सिहको नेतृत्वमा खार्पुनाथ गाउँपालिकाका योजना अधिकृत दिपक शाही, वडा अध्यक्ष रंगमती शाही, इन्जिनियर मनोज शाही लगायत जन प्रतिनिधिहरुको टोलीले उक्त वडाका योजनाहरु अनुगमन गरेको हो ।

अनुगमनका क्रममा तुम्लिङ देखि नल्ला स्कुल सम्मको सडक,सिता माध्यामिक विद्यालयको आवसिय भवन लगाएत ढल, बाटोहरुको अनुगमन गरिएको हो । योजनाहरु हाल सम्म गुणस्तरीय ढंगबाट संचालन भएको र केही योजनाहरुको निर्माण कार्य सम्पन्न भएका र केही बाँकी रहेकाले बाँकी रहेका निर्माण योजनाहरुलाई गुणस्तरीय ढंगबाट निर्माण गर्नका लागी ठेकेदार, उपभोक्ता समिति लगाएत सरोकारवालालाई जनाकारी गराइएको सोही वडाका वडा अध्यक्ष रंगमति शाहीले बताएकी छन् । आफु सोही वडाको वडा अध्यक्ष भएकाले योजना निर्माणहरुको सुरुवाती चरण देखि हाल सम्म दैनिक निर्माण स्थलमा पुगी काम गुणस्तरी ढंगले संचालनका लागी अनुगमन तथा निरिक्षण गरि रहेको बताएकी छन् । योजनाहरु निर्माण गर्दा आफ्नै लागी हो भन्ने अपनत्व जगाउनका लागी पनि निर्माण उपभोक्ता समिति र स्थनियबासीहरुलाई योजनामा श्रमदान पनि गराएको वडा अध्यक्ष शाहीले बताएकी छन् ।

योजना निर्माणका क्रममा केही ठाउँहरुमा प्राविधिक स्टामेट अनुसार निर्माण नभएको पाइएका ठाउँहरुमा सुधार गर्न र योजनाहरु गुणस्तरिय ढंगले सम्पन्न गरी भुक्तानिको प्रक्रिया अपनाउन पनि निर्देशन दिएको योजना अधिकृत दिपक शाहीले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
२२ औं महिला स्वास्थ्य स्वयंसेविका दिवस  विभिन्न कार्यक्रम गरि मनाइयो
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९