राज शाही बिहिबार, जेठ ११, २०८० मा प्रकाशित

संघ, प्रदेश र स्थानिय तहबाट संचालित योजनाहरुको अनुगमन गरिएको छ । अनुगमन कर्णाली प्रदेश हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका वडा नं ४ मा निर्माणधिन र निर्माण कार्य सम्पन्न भएका सडक, बाटो, विद्यालय भवन, ढलको अनुगमन गरिएको सोही गाउँपालिका उपाध्यक्ष ज्ञानबहादुर सिंहले बताएका छन् । उपाध्यक्ष सिहको नेतृत्वमा खार्पुनाथ गाउँपालिकाका योजना अधिकृत दिपक शाही, वडा अध्यक्ष रंगमती शाही, इन्जिनियर मनोज शाही लगायत जन प्रतिनिधिहरुको टोलीले उक्त वडाका योजनाहरु अनुगमन गरेको हो ।

अनुगमनका क्रममा तुम्लिङ देखि नल्ला स्कुल सम्मको सडक,सिता माध्यामिक विद्यालयको आवसिय भवन लगाएत ढल, बाटोहरुको अनुगमन गरिएको हो । योजनाहरु हाल सम्म गुणस्तरीय ढंगबाट संचालन भएको र केही योजनाहरुको निर्माण कार्य सम्पन्न भएका र केही बाँकी रहेकाले बाँकी रहेका निर्माण योजनाहरुलाई गुणस्तरीय ढंगबाट निर्माण गर्नका लागी ठेकेदार, उपभोक्ता समिति लगाएत सरोकारवालालाई जनाकारी गराइएको सोही वडाका वडा अध्यक्ष रंगमति शाहीले बताएकी छन् । आफु सोही वडाको वडा अध्यक्ष भएकाले योजना निर्माणहरुको सुरुवाती चरण देखि हाल सम्म दैनिक निर्माण स्थलमा पुगी काम गुणस्तरी ढंगले संचालनका लागी अनुगमन तथा निरिक्षण गरि रहेको बताएकी छन् । योजनाहरु निर्माण गर्दा आफ्नै लागी हो भन्ने अपनत्व जगाउनका लागी पनि निर्माण उपभोक्ता समिति र स्थनियबासीहरुलाई योजनामा श्रमदान पनि गराएको वडा अध्यक्ष शाहीले बताएकी छन् ।

योजना निर्माणका क्रममा केही ठाउँहरुमा प्राविधिक स्टामेट अनुसार निर्माण नभएको पाइएका ठाउँहरुमा सुधार गर्न र योजनाहरु गुणस्तरिय ढंगले सम्पन्न गरी भुक्तानिको प्रक्रिया अपनाउन पनि निर्देशन दिएको योजना अधिकृत दिपक शाहीले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९