राज शाही आइतबार, जेठ ०७, २०८० मा प्रकाशित

featured photo: Mansarowar Times

राष्ट्रिय कार्यक्रम अन्तरगत किसोरीहरुलाइ आइरन तथा फोलिक एसिड  खुवाने कार्य सुरु गरीएको छ । कर्णाली प्रदेशको सिमकोट गाउँपालिकामा आइरन तथा फोलिक एसिड  खुवाउने कार्य आइतबारबाट सुरु गरिएको सोही गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नर भण्डारीले बताएका छन् ।

१० देखि १९ वर्ष सम्मका किसोरीलाई खुवाउने उक्त औषधी ३ वटा केन्द्रबाट खुवाउने कार्य हुने शाखा प्रमुख भण्डारीले बताएका छन् । विद्यालयमा रहेका किसोरीहरुलाई विद्यायमा खुवाउने, विद्यालय बाहिर रहेका किसोरीलाई समुदायमा सामुदायीक महिला स्वास्थ्य स्वयम सेविका तथा स्वास्थ्यकर्मी खठाइ समुदायमा खुवाने र समुदायमा नभेटिएका किसोरीहरुलाई स्वास्थ्य संस्थामा सम्पर्क गराइ स्वास्थ्य संस्थामा खुवाउने प्रवन्ध गरीएको जानकारी प्राप्त भएको छ ।

१० देखि १९ वर्षका किसोरीलाई आइरन तथा फोलिक एसिड  खुवाएमा रक्त अलपता तथा जन्मजात विकृती हुनबाट जोगाउनु रहेको प्रमुख भण्डारीले बताएका छन् । सिमकोट गाउँपालिकाका ८ वटै वडामा एकै साथ आइतबारबाट उक्त कार्यक्रम सुरु भएको बताएका छन् । १३ हप्ता सम्म निरन्तर खुवाउनु पर्ने भएकाले सिमकोट गाउँपालिकाका विद्यालय, समुदाय र स्वास्थ्य संस्थामा प्रत्येक आइतबार खुवाउने कार्यक्रम तय भएको प्रमुख भण्डारीले बताएका छन् । बालमन्दिर मानसरोवर कर्णाली रलिङ कैलास माध्यामिक विद्यालयमा  ९ सय  ३६ किसोरीलाई आइरन तथा फोलिक एसिड खुवाइएको भण्डारीले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
अनुमति लिएर राखिएका हातहतियार बुझाउन अपिल
लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन भएको , काँग्रेस उम्मेदवार रोकाया
प्रतिनिधिसभा निर्वाचनका लागि हुम्ला जिल्लाबाट ८ वटा दलले मनोनयन दर्ता

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९