राज शाही आइतबार, जेठ ०७, २०८० मा प्रकाशित

राष्ट्रिय कार्यक्रम अन्तरगत किसोरीहरुलाइ आइरन तथा फोलिक एसिड  खुवाने कार्य सुरु गरीएको छ । कर्णाली प्रदेशको सिमकोट गाउँपालिकामा आइरन तथा फोलिक एसिड  खुवाउने कार्य आइतबारबाट सुरु गरिएको सोही गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नर भण्डारीले बताएका छन् ।

१० देखि १९ वर्ष सम्मका किसोरीलाई खुवाउने उक्त औषधी ३ वटा केन्द्रबाट खुवाउने कार्य हुने शाखा प्रमुख भण्डारीले बताएका छन् । विद्यालयमा रहेका किसोरीहरुलाई विद्यायमा खुवाउने, विद्यालय बाहिर रहेका किसोरीलाई समुदायमा सामुदायीक महिला स्वास्थ्य स्वयम सेविका तथा स्वास्थ्यकर्मी खठाइ समुदायमा खुवाने र समुदायमा नभेटिएका किसोरीहरुलाई स्वास्थ्य संस्थामा सम्पर्क गराइ स्वास्थ्य संस्थामा खुवाउने प्रवन्ध गरीएको जानकारी प्राप्त भएको छ ।

१० देखि १९ वर्षका किसोरीलाई आइरन तथा फोलिक एसिड  खुवाएमा रक्त अलपता तथा जन्मजात विकृती हुनबाट जोगाउनु रहेको प्रमुख भण्डारीले बताएका छन् । सिमकोट गाउँपालिकाका ८ वटै वडामा एकै साथ आइतबारबाट उक्त कार्यक्रम सुरु भएको बताएका छन् । १३ हप्ता सम्म निरन्तर खुवाउनु पर्ने भएकाले सिमकोट गाउँपालिकाका विद्यालय, समुदाय र स्वास्थ्य संस्थामा प्रत्येक आइतबार खुवाउने कार्यक्रम तय भएको प्रमुख भण्डारीले बताएका छन् । बालमन्दिर मानसरोवर कर्णाली रलिङ कैलास माध्यामिक विद्यालयमा  ९ सय  ३६ किसोरीलाई आइरन तथा फोलिक एसिड खुवाइएको भण्डारीले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९