राज शाही शनिबार, जेठ ०६, २०८० मा प्रकाशित

featured photo: Mansarowar Times

बिहिबार कर्णाली नदीमा बेपत्ता भएका अदानचुली गाउँपालिकाका सवारी चालक छक्क बुढाको खोजि गर्दापनि नभेटिएपछि घरपरिवारले आज पुत्लो बनाएर दाहसंस्कार गरेका छन् । बिहिबार मध्यन्न १२ बजेको समयमा अदानचुलीको आरजितेबो बाटोबाट फुत्केर कर्णाली नदीमा परेका बुढाको सबैतिरबाट खोजि कार्य गर्दा पनि नभेटिएपछि जिवित नरहेको निचोड निकालेका घर परिवारले पुत्लोमै स्थानीय परम्परा अनुसार दाहसंस्कार गरेको अदानचुली मानसरोवर टाइम्स शाखा प्रमुख राम बुढाले बताएका छन् ।

बिहिबार दिउँसो माछा मार्ने जाल हातमा बोकेर कर्णाली पारी जाने क्रममा कर्णालीको बिच भागमा डुबेको समयदेखि श्रीनगर र गल्फागाड प्रहरी चौकीका सुरक्षाकर्मी, अदानचुली गाउँपालिकाका पदाधिकारी र कर्मचारी, स्थानीय नागरिक गरेर झण्डै तीन सयको संख्यामा जम्मा भएका मानिसले कर्णाली नदि किनारका अधिकांश ठाउँमा खोजेपनि न लाश न शाश केही न भेटिएको मानसरोवर टाइम्स अदानचुली प्रमुख राम वुढाले बताएका हुन । ‘खोजि कार्यमा केही टुंगो नलागेपछि सबैको सल्लाहमा हामीले वेपत्ता भएका छक्कको पुल्तो मै स्थानीय परम्परा अनुसार दाहसंस्कार गर्ने काम भएको हो ।

गाउँपालिकाको एम्बुलेन्स चलाउँदै आएका चालक बुढा बेपत्ता भएसँगै अदानचुली गाउँपालिकाले दुःख ब्यक्त गर्दै खोजी कार्यमा खटिन सबै पक्षलाई आग्रह गरेको थियो । तर २४ घण्टासम्म कतैबाट केही टुंगो नलागेपछि अन्ततः बुढाको अन्त्यष्टी गरिएको जनाइएको छ । सुर्योदय माध्यामिक बिद्यालय ब्यबस्थापन समितिका सदस्य समेत रहेका बुढा, नेकपा माओबादी केन्द्र २ नम्बर वडा कमिटिका अध्यक्ष बुढा कर्णाली नदीमा बेपत्ता भएपछि उनी सम्बद्ध संघसंस्था, पार्टी र आफन्तजनले गहिरो दुःख व्यक्त गरिरहेका छन् । कर्णाली नदीमा पानीको बहाब बढेरका कारण पनि बुढाको खोजि कार्यमा थप जटिलता उत्पन्न भएको अदानचुली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मेघनाथ शाहीले जानकारी दिए ।

सम्बन्धित

ताजा अपडेट
अनुमति लिएर राखिएका हातहतियार बुझाउन अपिल
लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन भएको , काँग्रेस उम्मेदवार रोकाया
प्रतिनिधिसभा निर्वाचनका लागि हुम्ला जिल्लाबाट ८ वटा दलले मनोनयन दर्ता

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९