राज शाही शुक्रबार, जेठ ०५, २०८० मा प्रकाशित

सडक भत्किदा सवारी साधनलाई आवत जावतमा समस्या भएको छ । हिमाली जिल्ला हुम्लाको सर्केगाड गाउँपालिका वडा नं १ को खच्चा देखि पानी मुल सम्मको सडक ठाउँ ठाउँमा भत्कदा सवारी साधनलाइ आवत जावत गर्न समस्या हुनुका साथै गाडी सवार यात्रूहरुलाई समेत समस्या हुने गरेको  मानसरोवर टाइम्स  सर्केगाड शाखा प्रमुख धनबहादुर कार्कीले बताएका छन् । प्रमुख कार्कीका अनुसार अविरल वर्षा सँगै परेको पानीले केही सडक भत्काएको र केही सुख्खा पहिरो जाने गरेकाले पनि सवारी साधन संगै यात्रुहरुलाई समस्या गरेको बताएका हुन ।

कोही कसैको सडक मर्मतका लागी ध्यान नजाँदा सवारी साधनमा सवार यात्रुहरुले आफै सडक मर्मत गर्दै गाडी संचालनमा ल्याउने गरेको कार्कीले बताएका छन् । उनका अनुसार दैनिक सजो सवारी साधनमा यात्रा गर्ने यात्रुहरुले मर्मत गर्नु परेको बताएका छन् ।यसले गर्दा सवारी साधन दुर्घटना नहोला भन्न नसकिने अवस्था रहेको पाइएको हो । उक्त सडक मर्मतका लागी सरवकारवालाको ध्यान जानु जरुरी देखिएको हो ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९