जिल्ला प्रहरी कार्यालय हुम्लाले “कर्णाली प्रदेश प्रहरी कार्यालयले सुरक्षित यात्रा अभियान” सुरु गरेको छ। ‘सुरक्षित कर्णाली प्रदेश विशेष अभियान’ सुरु भएको छ । कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय र कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको सहकार्यमा संचालन गरिएको “सुरक्षित कर्णाली प्रदेश बिशेष अभियान“नागरिक सहजकर्ता प्रहरी परिचालन अवधारणालाई जिल्लाभरी प्रहरी इकाईहरुबाट शुरु गर्ने भएको हो ।

आइतबार हुम्ला जिल्लामा औपचारीक कार्यक्रम संचालन गरी नागरीक सहजकर्ता जिल्ला प्रहरी कार्यालय मातहतका प्रहरी चौकी सँगै जिल्ला प्रहरी कार्यालयमा पनि नागरीक सहजकर्ता तोकिएको प्रहरी नायव उपरिक्षक भिमलाल भटराइले बताएका छन् । प्रहरी समक्ष कुनै नागरी पीडा लिएर आउदा प्रहरीलाई भन्न डर मानेजस्तो, आफ्ना पीडा सुनाउन आनाकानी गरी रहेको जस्ता प्रहरी प्रशासनले अनुभव गरेकाले त्यसको समाधानका लागी नागरी सहज कर्ता नियुक्त गरी सेवाग्राहीको पीडा सुनिदिने, उनीहरुमा भएको समस्याको सहजीकरण गर्नका लागी नागरीक सहजकर्ता तोकिएको प्रहरी नायव उपरिक्षक भटराइले बताएका छन् ।

जिल्ला प्रहरी, प्रमुख प्रहरी नायव उप निरीक्षक भीमलाल भट्टराईले उक्त अभियान जिल्लाका सातवटै गाउँपालिकामा सञ्चालन आइतबारबाट भएको बताएका छन । हुम्लामा बालबिबाह, बहुबिबाह, लागूऔषध दुव्र्यसन तथा ओसारपसार, हिंसा, सवारी दुर्घटना, ट्राफिक अस्तव्यस्तता, सामाजिक विकृति विसंगति लगायतका अपराधिक क्रियाकलाप नियन्त्रणमा समस्या रहेको हुँदा प्रहरीले ती सबै न्यूनीकरणका लागि विशेष अभियान यस अघि हुम्ला जिल्लामा संचालन गर्दै आएको बताएका छन् ।
नागरीक सहजकर्ताको भुमिका स्वागत गर्ने , नमस्कार गर्ने, विनम्रताका साथ समस्याबारे सोधनी गर्ने, समस्याबारे सम्बन्धित फाँट वा कर्मचारी वा कार्यालय प्रमुखसम्म स्कर्ट गरी भेट गराउने, सम्बन्धित फाँट वा कार्यालय प्रमुखलाई भेटाए पछि समस्याबारे भनिदिने,सेवा प्रदान गरेको नागरिकको अभिलेख राख्ने, नागरिक सहजकर्ता जहिले पनि नम्र बोली¸बचन र व्यवहारसाथ शारीरिक रुपमा फुर्तिलो देखिनु पर्ने रहेको छ ।

जिल्लामा रहेका प्रत्येक युनिटको अवस्था दयनिय रहेकोले प्रहरी भवन निमार्णको कार्यमा तिव्रता दिन सम्बन्धित पक्षलाई आग्रह गर्न कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका थिए । यसैगरी कार्यक्रममा बोल्दै जिल्ला न्याधिस दिल प्रसाद सापकोटाले प्रहरीले गरेको राम्रो कामको प्रशंसा गर्दै जिल्ला प्रहरी कार्यालय हुम्लाले“सुरक्षित यात्रा अभियान”को दिएको निर्देशन पालन गर्न आग्राह गरेका थिए ।

कार्यक्रममा नेकपा एमाले हुम्लाका उपसभापति डबल रावतले सम्पूर्ण राजनीतिक दलहरुको तर्फबाट स्वागत गर्दे जिल्लामा भएको अभावका विषयमा जानकारी गराएका थिए । साथै प्रहरी संगठनले शान्ति अमन चयनमा महत्वपूर्ण भूमिका खेल्दै बालविवाह, घरेलुहिंसा, मदिरा नियन्त्रण लगायतका लागि प्रहरीले योगदान गरेको समेत बताएका थिए । मुस्कानसहितको सेवा प्रभावकारी भएकाले नागरिकका जनजिविकाका सवालहरुलाई सम्बोधन गर्न राज्यको उपस्थिति देखाउन आग्राह बोल्ने वक्ताले गरेका थिए । कार्यक्रममा जिल्लाका राजनीतिक दलका प्रतिनिधि जिल्लामा उपस्थित विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकार लगायतको सहभागीता रहेको थियो ।