शान्तिकुमारी सिंह सोमबार, जेठ ०१, २०८० मा प्रकाशित

featured photo: Mansarowar Times

महिला संघ जिल्ला कार्यसमिति हुम्लाको संयोजकमा शाहलाइ मनोनित गरिएको छ । नेपाली काँग्रेस जिल्ला कार्यसमिति हुम्लाको पुर्ण बैठकले शुसिला शाहलाई संयोजककफ  जिम्मा दिने निर्णय गरेको हो । नेपाली काँग्रेसको भातृ संगठन महिला संघ जिल्ला कार्य समितिको नेतृत्व गर्ने गरी निज शाहलाई संयोजकको जिम्मा लगाउने निर्णय गरेको छ ।

अर्को व्यवस्था नभए सम्मका लागी महिला संघको जिल्ला संयोजक पदमा रही काम कागज गर्ने गरी जिम्मा लगाउने निर्णय गरेको नेपाली काँग्रेस जिल्ला कार्य समितिका सभापति मोहनविक्रम सिहले बताएका छन् । यस अघि महिला संघको जिल्ला अध्यक्षमा हाल कर्णाली प्रदेश संसद विजया वुढा रहेकी थिइन । निजले राजिनामा दिए पछि उक्त पद केहि महिनादेखि रिक्त रहेको थियो । महिला संघको मोनित संयोजक शाह हुम्ला जिल्ला सर्केगाड गाउँपालिका गोठी निवासी हुन ।

त्यसै गरी नेपाली काँग्रेस जिल्ला कार्यसमितिको पुर्ण वैठकले सिमकोट गाउँपालिकाको कार्यवाह सभापतिमा इन्द्रबहादुर लामालाई मनोनित गरेको छ । नेपाली काँग्रेस जिल्ला कार्यसमितिको बैठक जेठ १ गते बसी लामालाइ सिमकोट गाउँपालिका कार्यसमितिको सम्पुर्ण कामकाज गर्ने गरी लामालाइ मनोनित गरेको नेपाली काँग्रेस जिल्ला कार्यसमितिका उपसभापति कैलास भण्डारीले बताएका छन् । लामा सिमकोट गाउँपालिका वडा नं ३ तोर्पा गाउँ निवासी हुन ।

सम्बन्धित

ताजा अपडेट
२२ औं महिला स्वास्थ्य स्वयंसेविका दिवस  विभिन्न कार्यक्रम गरि मनाइयो
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९