निर्माण उपभोक्ता समितिका पदाधिकारीहरुलाई अभिमुखीकरण गराइएको छ । उक्त अभिमुखी करण हुम्ला जिल्लाको मध्य क्षेत्रमा रहेको सर्केगाड गाउँपालिकामा गराइएको हो ।
निर्माण उपभोक्ता समितिले, आयोजनाहरु सँचालन गर्दा के कसरी गुणस्तरी ढंगले संचालन गर्ने, काम सुरु हुनु भन्दा पहिला के कति पेश्की लिने, काम सम्पन्न हुँदा भुक्तानी कसरी लिने, के कति कागजातहरु पेश गर्ने भन्ने बारेमा उक्त अभिमुखी करण कार्यक्रममा सिकाइएको सर्केगाड गाउँपालिका मानसरोवर टाइम्स साप्ताहिक पत्रिकाका शाखा प्रमुख धनबहादुर कार्कीले बताएका छन् । कार्कीका अनुसार उक्त अभिमुखी करण तालिममा सर्केगाड गाउँपालिका वडा नं १ देखि ४ सम्मका निर्माण उपभोक्ता समितिका पदाधिकारीहरु करिव ६० जनाको सहभागीता रहेको कार्कीले बताएका छन् ।
सोही गाउँपालिकाका नायव सुब्बा पार्वती रोकायाले अभिमुखीकरण गरेको तालिमको अध्यक्षता सोही गाउँपालिकाका कार्यवाह अध्यक्ष दलबहादुर सिंहको अध्यक्षता र जिल्ला समन्वय समितिका सदस्य सिह सिहको प्रमख आतिथ्यमा संचालन भएको जानकारी प्राप्त भएको छ । आज पहिलो दिन आइतबार सर्केगाड गाउँपालिका वडा नं १ देखि ४ वडा सम्मका निर्माण उपभोक्ता समितिका पदाधिकारीको उपस्थित रहेको र भोली दोश्रो दिन वडा नं ५ देखि ८ सम्मका निर्माण उपभोक्ता समितिका पदाधिकारीको सहभागिता रहने शाखा प्रमुख कार्कीले बताएका हुन ।