राज शाही आइतबार, बैशाख ३१, २०८० मा प्रकाशित

निर्माण उपभोक्ता समितिका पदाधिकारीहरुलाई अभिमुखीकरण गराइएको छ । उक्त अभिमुखी करण हुम्ला जिल्लाको मध्य क्षेत्रमा रहेको सर्केगाड गाउँपालिकामा गराइएको हो ।

निर्माण उपभोक्ता समितिले, आयोजनाहरु सँचालन गर्दा के कसरी गुणस्तरी ढंगले संचालन गर्ने, काम सुरु हुनु भन्दा पहिला के कति पेश्की लिने, काम सम्पन्न हुँदा भुक्तानी कसरी लिने, के कति कागजातहरु पेश गर्ने भन्ने बारेमा उक्त अभिमुखी करण कार्यक्रममा सिकाइएको सर्केगाड गाउँपालिका  मानसरोवर टाइम्स साप्ताहिक पत्रिकाका शाखा प्रमुख धनबहादुर कार्कीले बताएका छन् ।  कार्कीका अनुसार उक्त अभिमुखी करण तालिममा सर्केगाड गाउँपालिका वडा नं १ देखि ४ सम्मका निर्माण उपभोक्ता समितिका पदाधिकारीहरु करिव ६० जनाको सहभागीता रहेको कार्कीले बताएका छन् ।

सोही गाउँपालिकाका नायव सुब्बा पार्वती रोकायाले अभिमुखीकरण गरेको तालिमको अध्यक्षता सोही गाउँपालिकाका कार्यवाह अध्यक्ष दलबहादुर सिंहको अध्यक्षता र जिल्ला समन्वय समितिका सदस्य सिह सिहको प्रमख आतिथ्यमा संचालन भएको जानकारी प्राप्त भएको छ । आज पहिलो दिन आइतबार सर्केगाड गाउँपालिका वडा नं १ देखि ४ वडा सम्मका निर्माण उपभोक्ता समितिका पदाधिकारीको उपस्थित रहेको र भोली दोश्रो दिन वडा नं ५ देखि ८ सम्मका निर्माण उपभोक्ता समितिका पदाधिकारीको सहभागिता रहने  शाखा प्रमुख कार्कीले बताएका हुन ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९