राज शाही शनिबार, बैशाख ३०, २०८० मा प्रकाशित

स्थलगत अनुगमन, धन्यवाद ज्ञापन तथा साउण्ड सिस्टम हस्तान्त्रण कार्यक्रम संचालन भएको छ । कर्णाली प्रदेशको हुम्ला जिल्लाको जिल्ला सदरमुकाम सिमकोट गाउँपालिका वडा नं ४ मा उक्त कार्यक्रम संचालन भएको हो । सिमकोट गाउँपालिका वडा नं ४ को बुराउसे गाउँ देखि पन्चमुखी सम्मको सडक स्थलगत कर्णाली प्रदेश सरकारका पुर्व मुख्य मन्त्री जिवनबहादुर शाहीको अनुगमनका कार्यक्रममा सिमकोट गाउँपालिका वडा नं ४ का स्थानियवासीले सो कार्यक्रमको आयोजना गरेका हुन ।

सिमकोट गाउँपालिका वडा नं ४ को सामुदायीक भवनमा संचालन भएको कार्यक्रमको अध्यक्षता सोही वडाका वडा अध्यक्ष प्रताप लामाको र प्रमुख आतिथ्य कर्णाली प्रदेशका पुर्व मुख्य मन्त्री जिवनबहादुर शाहीको रहेको थियो । सोही कार्यक्रममा कर्णाली प्रदेशका संसद विजया बोहरा वुढा, पुर्व नेपाली काँग्रेस जिल्ला सभापति जयपति रोकाया, कर्णाली प्रदेश कार्य सम्पदान समितिका सदस्य अर्जुन महतारा ,अदानचुली गाउँपालिकाका अध्यक्ष एव नेपाली काँग्रेसका जिल्ला सभापति मोहन विक्रम सिह, चंखेली गाउँपालिका अध्यक्ष प्यारीलाल शाही, ताँजाकोट गाउँपालिका उपाध्यक्ष सुरेन्द्र थापा, सिमकोट गाउँपालिका कार्यवाहक अध्यक्ष सुसिला रोकाया, पाटी सचिव कृष्णबहादुर बोहरा लगाएतका नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताको सहभागिता रहेको रेडियो कैलासका निर्देशक जनकबहादुर शाहीले बताएका छन् ।

 

बुराउसे देखि पन्चमुखी सम्मको सडक निर्माण कार्य सुरुवाती चरणमा रहेको र यस सडकलाइ गुणस्तरी वन्न सकेको खण्डमा हाम्रो पर्यटकिय धार्मिक स्थल पन्चमुखी सम्म गाडीमा सरर जान सक्ने भएकाले यसलाई गुणस्तरीय ढंगबाट निर्माण गर्न निर्माण उपभोक्ता समितिलाइ  मुख्य मन्त्री शाहीले निर्देशन दिनु भएको छ । त्यसै गरी हुम्ला जिल्लामा विकासले फड्को मार्दै गएको, यस अघि  १ ।२ घण्टाको दुरीमा रहेको खोलाको दुसित पानी पिउनु पर्ने वाध्यताको अन्त्य भइ अहिल घर घरमा धारा जोडिएका छन् । विजुलि ग्यासबाट खाना बनाउने अवस्तामा हामी हुम्ली पुगेका छौ, यसै गरी नै विकास हुने हो । वुराउसे गाउँको विकास समृद्धीका लागी आफु हरदम लागी पर्ने म तँपाइहरुकै मतबाट निर्वाचित भएकाले पार्टी वेपार्टी नभनी सबै जनताको लागी लागी पर्ने पुर्व मुख्य मन्त्री जिवनबहादुर शाहीले उक्त कार्यक्रममा बताउनु भएको थियो ।

पुर्व मुख्य मन्त्री ज्यूले सिमकोट गाउँपालिकामा विकास आयोजनाका काम दिइ बुराउसे गाउँको अहिले मुहार फेरीएको, घर घरमा पानीका धारा विजुलीबाट खाना बनाउने अवस्थामा पुगेको, गाडी रोड घर घरमा पुगे पछि खाना हामी ग्यास बाट बनाउन थालेको, अहिले पनि वुराउसे पन्चमुखी सडकको सुरुवाती गराएकाले यो सडक पन्चमुखी सम्म पुगेमा हामी रोजगारी पाउने, गाउँका होमस्टेहहरु संचालन भइ रोजगारी सृजना हुने,  पुर्व सिमकोट गाउँपालिका अध्यक्ष पामातन्जन लामाले  बताएका थिए ।

त्यसैगरी मुख्य मन्त्री शाहीको उपस्थितमा आज शनिवार सिमकोट गाउँपालिका वडा नं ४ का समुदायहरुले कुनै पनि सार्वजनिक कार्यक्रममा सहज होस भन्ने हेतुले २ वटा हुफर, १ वटा स्टेपलाइजर र  २ वटा माइक उपलब्ध गारइएको छ ।

गाउँमा विजुली बाटो सडक पर्यटकिय क्षेत्रको विकास गर्नमा पुर्व मुख्य मन्त्री जिवनबहादुर शाहीको अहम भुमिका रहेको भन्दै सिमकोट गाउँपालिका वडा नं ४ का समुदायले  रातो काम्लो ओडाइ सम्मान गरीएको थियो भने प्रदेश संसद बोहरालाई दोसल्ला ओडाइ सम्मान गरिएको थियो ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९