राज शाही शुक्रबार, बैशाख २९, २०८० मा प्रकाशित

featured photo: Mansarowar Times

हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोट गाउँपालिका वडा नं ५ र ६ का आयोजनाहरुको अनुगमन गरिएको छ । कर्णाली प्रदेशका पुर्व मुख्य मन्त्री जीवनबहादुर शाहीको नेतृत्वमा ति योजनाहरुको अनुगमन गरिएको रेडियो कैलासका निर्देश जनक शाहीले बताएका छन् । संघ प्रदेश र स्थानिय तहबाट विनियोजित वजेटले निर्माणा धिन र निर्माण कार्य सम्पन्न भएका योजनाहरुको मुख्य मन्त्री शाहीको नेतृत्वको टोलीले अनुगमन गरेको हो । अनुगमन गरिएका आयोजनाहरुमा सिमकोट गाउँपालिका वडा न ५ मा निर्माण धिन वसपार्क, शिव मन्द्रिर, वडा नं ५ र ६ मा निर्माण हुँदै गरेको रिङ रोड, वडा नं ६ को मुग्रा धारा देखि बारा सम्मको सडक अनुगमन गरेको निर्देशक शाहीले बताएका छन् ।

अनुगमन गरिएका आयोजनाका कामहरु केही सुरुवाती चरण र केही मध्य चरणमा निर्माण भइ रहेकाले हाल सम्मको काम निर्माण कम्पनी, निर्माण उपभोक्ता समितिले राम्रै गरेको देखिएको र यो भन्दा पछि पनि गुणस्तरीय ढंङ्गले काम गर्न पुर्व मुख्य मन्त्री शाहीले निर्देशन दिएका छन् । आर्थिक वर्षको अन्त्य तिर आइ सकेकाले यी आयोजनाको चाँडो काम गरी भुक्तानी लिन पनि शाहीले निर्देशन दिएका छन् । काम गुणस्तरिय गर्न निर्माण कम्पनी, निर्माण उपभोक्ता समितिलाइ निर्देशन दिएका छन् । त्यसै गरी कामको गुणस्तरका बारेमा समय समयमा अनुगमन गर्न पनि सिमकोट गाउँपालिकाका उपाध्यक्ष सहित वडा अध्यक्ष, प्राविधिकलाई निर्देशन पनि दिएको बुझीएको छ ।

मुख्य मन्त्री नेतृत्वको अनुगमन टोलीमा जिल्ला समन्वय समितिका प्रमुख शिवराज सर्मा, सिमकोट गाउँपालिका कार्यवाह अध्यक्ष शुसिला रोकाया, प्रमुख प्रशासकिय अधिकृत उजिर रोकाया, नेपाली काँग्रेसका पुर्व सभापति जयपति रोकाया, अदानचुली गाउँपालिकाका अध्यक्ष मोहन विक्रम सिह लगाएत संचारकर्मीको सहभागिता रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
जिल्लाको शान्ति सुरक्षा कायम राख्न पत्रकार र प्रहरी प्रमुख बीच भेटबार्ता
नेत्र ज्योती संघ हुम्लाद्धारा पुर्व मुख्य मन्त्री जीवनबहादुर शाहीलाई सम्मान
चालु आर्थिक वर्षको ७ महिनामा १ लाख ६८ हजार राजश्व असुली

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९