राज शाही बिहिबार, बैशाख २८, २०८० मा प्रकाशित

featured photo: Mansarowar Times

७ दिने उद्यमशिलता तथा वितिय साक्षरता तालिम हुम्ला जिल्लामा सुरु भएको छ ।    तालिम सिमकोट गाउँपालिकामा भएको हो । सिमकोट गाउँपालिका भित्रका वेरोजगार युवाहरुलाइ रोजगार सम्वन्धीको तालिम उपल्बध गराइ वेरोजगारीको संख्या निउनीकरण गर्नका लागी उक्त तालिम संचालन भएको सिमकोट गाउँपालिकाका उपाध्यक्ष एव कार्यवाहक अध्यक्ष शुसिला रोकायाले वताएकी छन् ।

यस अघि सिमकोट गाउँपालिका भित्रका वेरोजगार युवाहरुलाई रोजगार सृजनाको तालीमको फारम भरि पठाएकोमा हुम्ला जिल्लाको सिमकोट गाउँपालिका मात्रै छनौटमा परि सोही बमोजिम राष्ट्रिय युवा परिषद द्धारा उक्त तालिमको आयोजना गरि आजबाट सुरु भएको सोही गाउँपालिका उपाध्यक्ष रोकायाले बताएकी छन् ।

सो तालिममा वेरोजगार युवाहरुलाइ व्यवासय सम्बन्धी प्रपोजल लेखन, व्यवासायको योजना बनाउने, आर्थिक लेखा जोखा राख्ने लगाएतका विषय बस्तु सिकाइने भएको रोकायाले बताएकी हुन । तालिम आज विहिबारबाट सुरु भइ जेष्ठ ३ गते सम्पन्न हुने भएको छ । यस अघि स्वरोजगारका लागी तालिम दिएका वेरोजगारहरुलाइ सोही प्रमाण पत्रका आदारमा राष्ट्रिय बाँणिज्य बैंकले ऋण दिने र त्यो ऋण लिनका लागी के कस्ता प्रक्रिया अपनाउनु पर्ने भन्ने बारेमा पनि उक्त तालिममा सिकाइने भएको हो ।

सम्बन्धित

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९