राज शाही बिहिबार, बैशाख २८, २०८० मा प्रकाशित

featured photo: Mansarowar Times

वडा अध्यक्षद्धारा ५ जना बालबालिकालाई पठन पाठनमा सहयोग गरिएको छ । स्थानिय तह निर्वाचन २०७९ मा निर्वाचित वडा अध्यक्षले हाल सिमकोट गाउँपालिका वडा नं ५ का ५ जना निम्न आर्थिक अवस्था भएका बालबालिकालाइ पठन पाठनमा सहयोग गर्दै आएको सिमकोट गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष चिन रावतले बताएका छन् । वडा अध्यक्ष रावतले हाल सोही गाउँपालिका वडा नं ५ का ५ जना बालबालिकालाइ हिमाली मोडल बोडि स्कुलमा नर्सरीमा भर्ना गरेका छन ।

आफुले वडा अध्यक्षको काम गरेबापत पाउने पारिश्रमिक करिव २० हजार मध्यको केही रकम ति बालबालिकाको लागी खर्च गर्दै आएको वताएका छन् । ती वालबालिकाको वार्षिक स्कुल फिस करिव प्रति विद्यार्थी २५ हजार सम्म आउने गरेको बताएका छन् । नरसरीमा अध्ययनरत ५ जनाबालबालिकाको फिस तिरेको विल हातमा समातेका शाहीले अन्य सामाजीक कार्यमा पनि आफ्नो पारिश्रमिक उपलब्ध गराउदै आएको वताएका छन् ।  बुधबार मात्रै ५ जना बोडिङ स्कुलमा अध्ययनरत प्रसान्त रावत, समिर कामी, उपली कामी, धिक्क कामी र तिर्थराम रावतको स्कुल फिस वडा अध्यक्ष रावतले तिरेका छन् ।

उनले तिरेको विल भर्पाइ हेर्दा निजले करिव एक जना बालकको फिस ८ भन्दा वढी रहेको थियो । उनी गत स्थानिय तह निर्वाचनमा सिमकोट गाउँपालिका वडा नं ५ बाट वडा अध्यक्षमा निर्वाचित भएका थिए । त्यसै गरी हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोट वडा नं ५ का वडा अध्यक्ष रावतले आफ्नो घोषणा पत्रमा प्रतिवद्धता जनाएका मध्य साहारा विहिन जेष्ठ नागरीकहरुका लागी वेट सिट र खाध्यन्नको व्यवस्था पनि गर्ने बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
अनुमति लिएर राखिएका हातहतियार बुझाउन अपिल
लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन भएको , काँग्रेस उम्मेदवार रोकाया
प्रतिनिधिसभा निर्वाचनका लागि हुम्ला जिल्लाबाट ८ वटा दलले मनोनयन दर्ता

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९