राज शाही बिहिबार, बैशाख २८, २०८० मा प्रकाशित

वडा अध्यक्षद्धारा ५ जना बालबालिकालाई पठन पाठनमा सहयोग गरिएको छ । स्थानिय तह निर्वाचन २०७९ मा निर्वाचित वडा अध्यक्षले हाल सिमकोट गाउँपालिका वडा नं ५ का ५ जना निम्न आर्थिक अवस्था भएका बालबालिकालाइ पठन पाठनमा सहयोग गर्दै आएको सिमकोट गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष चिन रावतले बताएका छन् । वडा अध्यक्ष रावतले हाल सोही गाउँपालिका वडा नं ५ का ५ जना बालबालिकालाइ हिमाली मोडल बोडि स्कुलमा नर्सरीमा भर्ना गरेका छन ।

आफुले वडा अध्यक्षको काम गरेबापत पाउने पारिश्रमिक करिव २० हजार मध्यको केही रकम ति बालबालिकाको लागी खर्च गर्दै आएको वताएका छन् । ती वालबालिकाको वार्षिक स्कुल फिस करिव प्रति विद्यार्थी २५ हजार सम्म आउने गरेको बताएका छन् । नरसरीमा अध्ययनरत ५ जनाबालबालिकाको फिस तिरेको विल हातमा समातेका शाहीले अन्य सामाजीक कार्यमा पनि आफ्नो पारिश्रमिक उपलब्ध गराउदै आएको वताएका छन् ।  बुधबार मात्रै ५ जना बोडिङ स्कुलमा अध्ययनरत प्रसान्त रावत, समिर कामी, उपली कामी, धिक्क कामी र तिर्थराम रावतको स्कुल फिस वडा अध्यक्ष रावतले तिरेका छन् ।

उनले तिरेको विल भर्पाइ हेर्दा निजले करिव एक जना बालकको फिस ८ भन्दा वढी रहेको थियो । उनी गत स्थानिय तह निर्वाचनमा सिमकोट गाउँपालिका वडा नं ५ बाट वडा अध्यक्षमा निर्वाचित भएका थिए । त्यसै गरी हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोट वडा नं ५ का वडा अध्यक्ष रावतले आफ्नो घोषणा पत्रमा प्रतिवद्धता जनाएका मध्य साहारा विहिन जेष्ठ नागरीकहरुका लागी वेट सिट र खाध्यन्नको व्यवस्था पनि गर्ने बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९