राज शाही सोमबार, बैशाख २५, २०८० मा प्रकाशित

featured photo: Mansarowar Times

नेपाल सरकारले तिन तहको सरकार निर्माण भए सँगै गाउँ गाउँमा शिक्षा स्वास्थ्य रोजगारका बाटाहरु खुलेका छन् । स्थानिय सरकार वने सँगै गाउँ गाउँमा रोजगारी सृजना भएका छन् । त्यसै जनताको नजिकको सरकार स्थानिय तहमा गाउँपालिका भवन वडा पालिका भवन निर्माण हुने क्रम जारी रहेका छन् । स्थानिय तहमा गाउँ पालिका तथा वडा पालिकाका भवन नहुँदा पहिलो कार्यकालमा सेवा दिन र सेवा लिन समेत समस्या भएको पाइएको थियो ।

स्थानिय तहको दोश्रो कार्यकालमा प्रवेस गर्दा गाउँपालिकाका भवन वडा पालिकाका भवनहरु निर्माण हुने क्रम वढ्दो रहेको छ । हुम्ला जिल्लाका ७ वटा गाउँपालिका मध्य ताँजाकोट, चंखेली, सर्केगाड, खार्पुनाथ र नाम्खा गाउँपालिकाले आफ्नै भवन निर्माण गरी सेवा प्रवाह गर्न थालेका छन् । त्यसै गरी वडा कार्यालयका भवनहरु पनि केही गाउँपालिकामा निर्माण भइसकेको पाइएका छन् भने केही निर्माण हुने क्रमा रहेका छन् ।

यसै बीच सोमबार अदानचुली गाउँपालिका वडा नं को भवन निर्माणका लागी उपभोक्ता समिति गठन गरिएको छ । अदानचुली गाउँपालिकाको १० लाख आर्थिक सहयोगमा वडा नं २ को वडा भवन निर्माण कार्य सुरु गरिने भएको हो । जसका लागी आज उपभोक्ता समिति गठन गरिएको छ । अध्यक्षमा कमल वुढाको अध्यक्षतामा ९ सदसिय निर्माण उपभोक्ता समिति गठन गरिएको हो ।

सम्बन्धित

ताजा अपडेट
रेडियो कर्णाली आवाजको बार्षिक उत्सबमा जवाफ देहिता कार्यक्रम
बालबालिकाका कार्यक्रममा अभिभावक साथमा राख्नु पर्ने नाम्खा उपाध्यक्षः तक्दिर लामा
जिल्ला प्रशासन कार्यालयका सम्पुर्ण कार्यक्रम बहिस्कार

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९