राज शाही सोमबार, बैशाख २५, २०८० मा प्रकाशित

featured photo: Mansarowar Times

नेपाल सरकारले तिन तहको सरकार निर्माण भए सँगै गाउँ गाउँमा शिक्षा स्वास्थ्य रोजगारका बाटाहरु खुलेका छन् । स्थानिय सरकार वने सँगै गाउँ गाउँमा रोजगारी सृजना भएका छन् । त्यसै जनताको नजिकको सरकार स्थानिय तहमा गाउँपालिका भवन वडा पालिका भवन निर्माण हुने क्रम जारी रहेका छन् । स्थानिय तहमा गाउँ पालिका तथा वडा पालिकाका भवन नहुँदा पहिलो कार्यकालमा सेवा दिन र सेवा लिन समेत समस्या भएको पाइएको थियो ।

स्थानिय तहको दोश्रो कार्यकालमा प्रवेस गर्दा गाउँपालिकाका भवन वडा पालिकाका भवनहरु निर्माण हुने क्रम वढ्दो रहेको छ । हुम्ला जिल्लाका ७ वटा गाउँपालिका मध्य ताँजाकोट, चंखेली, सर्केगाड, खार्पुनाथ र नाम्खा गाउँपालिकाले आफ्नै भवन निर्माण गरी सेवा प्रवाह गर्न थालेका छन् । त्यसै गरी वडा कार्यालयका भवनहरु पनि केही गाउँपालिकामा निर्माण भइसकेको पाइएका छन् भने केही निर्माण हुने क्रमा रहेका छन् ।

यसै बीच सोमबार अदानचुली गाउँपालिका वडा नं को भवन निर्माणका लागी उपभोक्ता समिति गठन गरिएको छ । अदानचुली गाउँपालिकाको १० लाख आर्थिक सहयोगमा वडा नं २ को वडा भवन निर्माण कार्य सुरु गरिने भएको हो । जसका लागी आज उपभोक्ता समिति गठन गरिएको छ । अध्यक्षमा कमल वुढाको अध्यक्षतामा ९ सदसिय निर्माण उपभोक्ता समिति गठन गरिएको हो ।

सम्बन्धित

ताजा अपडेट
२२ औं महिला स्वास्थ्य स्वयंसेविका दिवस  विभिन्न कार्यक्रम गरि मनाइयो
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९