राज शाही आइतबार, बैशाख २४, २०८० मा प्रकाशित

कर्णाली प्रदेश हुम्ला जिल्लाको निर्वाचन क्षेत्र ख मा निर्माण धिन र निमार्ण कार्य सम्पन्न भएका आयोजनाहरुको अनुगमन गरिएको छ । अनुगमन कर्णाली प्रदेशका पुर्व मुख्य मन्त्री एव नेपाली काँग्रेस केन्द्रिय कार्य सम्पादन समितिका सदस्य जीवनबहादुर शाही नेतृत्वको टोलीले आइतबार अनुगमन गरेको रेडियो कैलासका निर्देशक जनकबहादुर शाहीले बताएका छन् ।

मुख्य मन्त्री शाहीको नाम्खा गाउँपालिका निर्वाचन क्षेत्र पनि हो । आफ्नो निर्वाचन क्षेत्रका लागी विनियोजित वजेटबाट निर्माणधिन योजनाहरु गुणस्तरिय ढंगबाट निर्माण भएका छन वा छैनन् । त्यहाँका जनताले पाउनु पर्ने सेवा सुविधा गाउँपालिकाबाट सहज ढंगले प्राप्त गरेका छन् वा छैन । संघ र प्रदेश सरकारको पहुँच उक्त गाउँपालिकामा पुगेको छ वा छैन भन्ने विषयमा पनि स्थानियवासी सँगको भेटघाटमा छलफल कुराकानी भएको मुख्य मन्त्री शाहीका स्वगिय सचिव राजबहादुर रोकायाले बताएका छन् ।

मुख्य मन्त्री शाही नेतृत्वको टोली आइतबार विहान हुम्ला जिल्लाको सदरमुकाम सिमकोटबाट अनुगमनका लागी नाम्खा गाउँपालिकाको वडा नं १ हेप्का २ केर्मी, ४ यालबाङ र ५ यारी गाउँमा निर्माणधिन र निर्माण कार्य सम्पन्न भएका आयोजनामा, बाटो, विजुली भौतिक संरचना, सिचाइ सोलार मिनिग्रेड समेतको अनुगमन गरेको रोकायाले बताएका छन् । त्यसै गरी गाउँपालिकाबाट प्रवाह हुने सामाजिक सुरक्षा भत्ता लगाएत बाल भत्ता, जेष्ठ नागरीक भत्ता, लक्षित वर्गले समयमै पाएका छन वा छैनन् भन्ने बारेमा पनि नाम्खा गाउँपालिकाका कर्मचारीहरु सँग छलफल गरीएको पनि वुझिएको छ ।

मुख्य मन्त्री शाही नेतृत्वको टोलीमा कर्णाली प्रदेश सामानुपातिक संसद विजया बोहरा,नाम्खा गाउँपालिकाका उपाध्यक्ष तक्दिर लामा, वडा नं १ २ ४ र ५ का वडा अध्यक्ष नेपाली काँग्रेसका प्रदेश कार्य समितिका सदस्य अर्जुन महतारा मुख्य मन्त्रीका स्वगिय सचिव राजबहादुर रोकाया, नेपाली काँग्रेस ख नं प्रदेशका सभापती मान्देव शाही लगायतको उपस्थित रहेको निर्देश शाहीले बताएका छन् ।मुख्य मन्त्री शाही नेतृत्वको टोली आइतबार यालबाङमा बास बस्ने भएको छ भने भोली विहान सदरमुकाम सिमकोट आइ पुग्न भएको स्वगिय सचिव रोकायाले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९