राज शाही शनिबार, बैशाख २३, २०८० मा प्रकाशित

सहमती, सहकार्य र सहअस्तित्व स्विकार गर्दै नेपाल ट्रेड युनियन काँग्रेसको जिल्ला कार्यसमिति चयन गरिएको छ ।राजन रावतको अध्यक्षतामा २३ सदसिय सो समिति चयन भएको हो । शनिवार विहान ११ वजेबाट उत्घाटन सुरु भएको नेपाल ट्रेड युनियन काँग्रेसको घोषणा सभाको प्रमुख आतिथ्य कर्णाली प्रदेशका मुख्य मन्त्री जिवनबहादुर शाहीको रहेको थियो ।

नेपाल ट्रेड युनियन काँग्रेस जिल्ला कार्यसमितिमा सर्वसहमत चयन भएका पदाधिकारीको नाम बाचन निर्वाचन समितिका संयोजक मधु वस्ने शाहीले गरेकि थिइन । जसमा अध्यक्ष राजन रावत उपाध्य ५ जनामा बलबहादुर शाही खुल्ला वृद्धिबहादुर रोकाया लाल रोकाया कल्पना रोकाया र मनमाया वली रहेका छन् । त्यसै गरी सचिवमा लक्ष्मण बोहरा कोषाध्यक्षमा छपाल लामा सह कोषाध्यक्षमा  गौरीलाल वुमी सह सचिव विनोद लामा र सदस्यहरुमा नन्दबहादुर रोकाया मनोज ठगुन्ना धनलाल जैसी शुमित्रा सिह अमर बोहरा लोग भण्डारी जैमलबहादुर शाही रविजंग शाही गोर्ख बोहरा र उपेन्द्र लामा रहेका छन् । त्यसै गरी केन्द्रिय प्रतिनिधिमा बाँचबहादुर रावत र प्रदेश प्रतिनिधिमा राजबहादुर रोकाया रहेका छन् ।

नेपाल ट्रेड युनियन काँग्रेसको घोषणा सभामा निर्वाचित हुने नेपाल ट्रेड युनियनका पदाधिकारीहरुलाइ वाधाइ तथा कार्यकालको शुभकामना दिने क्रममा यो कार्यसमिति निर्विरोध निर्वाचित भएको छ यसले नेपाली काँग्रेसलाई उर्जा शक्ति प्रधान गरेको,  अव नेपाली काँग्रेसलाई एक ढंगले अगाडी वढ्न सहयोग पुग्ने  पुर्व मुख्य मन्त्री जिवनबहादुर शाहीले बताएका थिए ।

नेपाल ट्रेड युनियन काँग्रेससँग आवद्ध संस्थाहरुमा नेपाल शिक्षक संघ नेपाल सार्वजनिक सेवा कर्मचारी संघ नेपाल वितिय संस्था कर्मचारी संघ नेपाल स्वास्थ्य कर्मी संघ नेपाल पर्यटन तथा होटल सम्बद्ध श्रमिक संघ नेपाल प्रेस युनियन नेपाल राष्ट्रिय सुरक्षागार्ड श्रमिक संघ रहेका छन् ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९