राज शाही शनिबार, बैशाख २३, २०८० मा प्रकाशित

सामाजिक न्याय बिनाको सान्ती भन्ने मुल नाराका साथ नेपाल ट्रेड युनियन काँग्रेसको साधारण सभाको उत्द्धाटन सत्र सम्पन्न भएको छ । उत्घाटन सत्रको अध्यक्षता नेपाल ट्रेड युनियनका जिल्ला अध्यक्ष राजन रावतको र प्रमुख आतिथ्य नेपाली काँग्रेस केन्द्रिय कार्य सम्पादन समितिका सदस्य एव कर्णाली प्रदेशका पुर्व मुख्य मन्त्री जिवनबहादुर शाहीको रहेको थियो । विशेष अतिथिमा कर्णाली प्रदेश सामानुपातीक संसद विजाय बोहरा, नेपाली काँग्रेसका पुर्व सभापती जयपति रोकाया, खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्ण रावल, सर्केगाड गाउँपालिका अध्यक्ष ठानबहादुर रोकाया, अदानचुली गाउँपालिका अध्यक्ष एव नेपाली काँग्रेस जिल्ला सभापति मोहन विक्रम सिह, सिमकोट गाउँपालिका उपाध्यक्ष सुसिला रोकाया, नाम्खा गाउँपालिका उपाध्यक्ष तक्दिर लामा लगाएतको रहेको थियो ।

 

बौधिक वा शारिरीक श्रम गर्नेहरुलाइ हवाइट लवर कलर र विलो लवर कलरमा वर्गीकरण गरिएको यीनीहरुको हकहितका लागी संगठित संस्था नेपाल ट्रड युनियन गठन भएको र जसको स्थापना २००३ सालमा भएको   र नेपाल ट्रेड यूनियन काँग्रेसमा स्थापनाकालदेखि नै युवाको उपस्थिति उल्लेख्य रहेको थियो । युवाको उपस्थिति भएकै कारण नेतृत्व तहमा  समेत युवामय रहेको विभिन्न दस्तावेजहरुबाट देखिन्छ । शुरुका दिनहरुमा नेतृत्व देखि सवै निकायहरुमा युवाहरुकै बर्चश्व रहेकोले महासंघमा छुट्टै युवा विभाग वा समिति गठन थिएन । तथापि युवाहरुको नेपालको विभिन्न प्रजातान्त्रिक एवं श्रमिक आन्दोलनहरुमा महत्वपूर्ण भूमिका रहदै आएको छ । वि।सं। २०६२र०६३ सालको आन्दोलन सम्म आई पुग्दा युवाहरुको भूमिका इतिहासमा बिर्सनै नसक्ने रहृयको कर्णाली प्रदेश पुर्व मुख्य मन्त्री जिवनबहादुर शाहीले बताएका थिए ।

नेपाल ट्रेड युनियनमा आवद्ध संघका कर्मचारी श्रमजिवीहरुले आ आफ्नो कार्य क्षेत्रबाट उल्लेखनिय काम गर्नु पर्ने सेवाग्राहीहरु सँग नम्ररुपमा पेश हुनु पर्ने जसले गर्दा नेपाली काँग्रेस प्रति जनताको धारणा सकरात्मक प्रभाव पर्नमा सहयोग पुग्ने नेपाली काँग्रेसका पुर्व सभापति जयपति रोकायाले बताएका थिए ।

युवा श्रमिकहरुको आधारभुत अधिकारहरुको प्रत्याभुती गर्दै युवा सशक्तिकरणको माध्यमबाट सामथ्र्यवान, उद्यमशील, सिर्जनशील, वैज्ञानिक एवं सकारात्मक सोचयुक्त युवा समुह  तयार गरी संगठनको आर्थिक, राजनीतिक, सांगठनिक विस्तार कार्यमा अर्थपुर्ण योगदान दिन सक्ने गरी राष्ट्रका युवाहरुलाई नेतृत्वदायी भूमिका स्थापित गराउनु नेपाल ट्रेड युनियनको मुख्य लक्ष्य रहेको कर्णाली प्रदेश सभा समानुपातीक संसद विजया बोहराले बताएकी थिइन ।

सार्थक सहभागिता , क्षमता र नेतृत्व विकासको माध्यमबाट यूवाहरुलाई नेतृत्व तहमा पुयाई राष्ट्रिय विकासको मूलधारमा समाहित गर्दै संवृद्ध, आधुनिक र लोक कल्याणकारी नेपाल निर्माण गर्न युवाहरुको भूमिका र अन्र्तनिहित क्षमतालाई गुणात्मक बनाउनु नेपाल ट्रेड युनियन काँग्रेसको रहेको सर्केगाड गाउँपालिका अध्यक्ष ठानबहादुर रोकायाले बताएका थिए ।

स्वदेशमै रोजगारीको अवसर सृजना गराई, श्रमजिवी युवाहरुले भोग्नु परेका समस्या र चुनौतीह्ररुलाई समाधान गरी राज्यद्धारा युवा सशसक्तिकरण रोजगारको पुर्वाधार र अवसरको सिर्जना गराई सवल, सक्षम, शसक्त श्रमजिवीहरुलाई नीति निर्माण तहमा प्रतिनिधित्व गराई श्रमिक आन्दोलनमा अर्थपुर्ण सहभागिता गराई युवाहरुमा राष्ट्र, राष्ट्रियता र आम श्रमिकप्रति बफादारी, संवैधानिक सर्वोच्वता, व्यक्तिगत स्वतन्त्रता, विश्वब्यापी मानव अधिकारको सिद्धान्त, लोकतान्त्रिक मुल्य मान्यता, ट्रेड युनियन अधिकार, श्रमिक अधिकारको सिद्धान्त, आई।एल।ओ अभिसन्धि, वातावरणीय संरक्षण तथा सह अस्तित्व जस्ता आधारभुत मुल्य मान्यताहरुको प्रवर्दन गर्ने हेतुले नेपाल ट्रेड युनियन काँग्रेसको स्थापना भएको  अदानचुली  गाउँपालिका अध्यक्ष एव नेपाली काँग्रेस जिल्ला पार्टी सभापती मोहन विक्रम सिंहले बताएका थिए।

श्रमिकहरुको वलिदानिपूर्ण संघर्ष र जन अभिमतद्वारा स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रको सर्वमान्य शासन पद्धतिको संस्थागत विकास, दिगो शान्ति, मानव अधिकार, संगठन स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता, टे«ड युनियन अधिकार, सामुहिक सौदावाजीको अधिकारका साथै राज्यलाई कल्याणकारी बाटोमा हिडाउनका लागि राज्यको नीति निर्माणको सम्पूर्ण तहमा श्रमिकको प्रतिनिधित्व जस्ता श्रमिकहरुको आधारभूत अधिकारको सुनिश्चितता गर्नु पर्ने महसुश भई नेपाल ट्रेड युनियन काँग्रेसको स्थापना भएको खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्णबहादुर रावलले बताएका थिए ।

त्यसै गरी उत्घाटन सत्र कार्यक्रममा सिमकोट गाउँपालिका उपाध्यक्ष शुसिला रोकाया नेपाली काँग्रेस उपसभापती कैलास भण्डारी नाम्खा गाउँपालिका उपाध्यक्ष तक्दिर लामा नेपाली काँग्रेस पार्टी सचिव कृष्णबहाहदुर बोहरा लगाएत शुभेच्छुक संस्थाका प्रमुख एव प्रतिनिधिले आफ्नो राखेका थिए । उत्घाटन कार्यक्रम शनिवार दिनको ११ वजे नेपाली काँग्रेसको पार्टी कार्यालय विपि स्मृती भवनमा संचालन भएको थियो ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९