राम बुढा बिहिबार, बैशाख २१, २०८० मा प्रकाशित

featured photo: Mansarowar Times

जिल्लामा सडक संजाल जोडिए सँगै अपराधिक गतिविधि पनि वढ्न थालेका छन् । यस अघि जिल्ला सदरमुकाम सिमकोटमा साना वा ठुला चोरी हुने गरेकोमा अहिले गाउँ पालिकाका सदरमुकाम सहित वडाहरुमा पनि चोरी हुन थालेको छ । हुम्ला जिल्लाको जिल्ला सदरमुकाम सिमकोटबाट ३ दिनको पैदल मार्ग रहेको अदानचुली गाउँपालिका वडा नं ३ मा चोरी भएको छ । बुधबार राती अगात समुह वा व्यक्तीले ३ वटा पसलमा चोरी गरेको हाम्रा अदानचुली संवाददाता राम बुढाले बताएका छन् ।

 

चोरी हुनेमा अदानचुली गाउँपालिका वडा नं ३ का भिमबहादुर रोकाया, डबल रोकाया र चित्र भण्डारीको पसल चोरी भएको संवाददाता वुढाले बताएका छन् । चोरी गर्नेको खोजी कार्य तिब्र भइ रहेको जानकारी प्राप्त भएको छ । तिन वटा पसलको प्रहरी मुचुल्का गर्दा करीव १ लाख बराबरको चोरी भएको वुढाले बताएका हुन । चोरी भएको पसलको आज अदानचुली गाउँपालिकाका जनप्रतिनिधि सुरक्षाकर्मी लगाएत स्थानियवासीले मुल्याङकन गरी मुचुल्का तयार गरेको जानकारी प्राप्त भएको छ ।

सम्बन्धित

ताजा अपडेट
मुख्य निर्वाचन अधिकृत निलकण्ठ बरालको नेतृत्वमा मतदान केन्द्रको निरीक्षण
अनुमति लिएर राखिएका हातहतियार बुझाउन अपिल
लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन भएको , काँग्रेस उम्मेदवार रोकाया

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९