राम बुढा बिहिबार, बैशाख २१, २०८० मा प्रकाशित

जिल्लामा सडक संजाल जोडिए सँगै अपराधिक गतिविधि पनि वढ्न थालेका छन् । यस अघि जिल्ला सदरमुकाम सिमकोटमा साना वा ठुला चोरी हुने गरेकोमा अहिले गाउँ पालिकाका सदरमुकाम सहित वडाहरुमा पनि चोरी हुन थालेको छ । हुम्ला जिल्लाको जिल्ला सदरमुकाम सिमकोटबाट ३ दिनको पैदल मार्ग रहेको अदानचुली गाउँपालिका वडा नं ३ मा चोरी भएको छ । बुधबार राती अगात समुह वा व्यक्तीले ३ वटा पसलमा चोरी गरेको हाम्रा अदानचुली संवाददाता राम बुढाले बताएका छन् ।

 

चोरी हुनेमा अदानचुली गाउँपालिका वडा नं ३ का भिमबहादुर रोकाया, डबल रोकाया र चित्र भण्डारीको पसल चोरी भएको संवाददाता वुढाले बताएका छन् । चोरी गर्नेको खोजी कार्य तिब्र भइ रहेको जानकारी प्राप्त भएको छ । तिन वटा पसलको प्रहरी मुचुल्का गर्दा करीव १ लाख बराबरको चोरी भएको वुढाले बताएका हुन । चोरी भएको पसलको आज अदानचुली गाउँपालिकाका जनप्रतिनिधि सुरक्षाकर्मी लगाएत स्थानियवासीले मुल्याङकन गरी मुचुल्का तयार गरेको जानकारी प्राप्त भएको छ ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९