राम बुढा बुधबार, बैशाख २०, २०८० मा प्रकाशित

हिमाली जिल्ला हुम्लाका गाउँ गाउँमा सडक निर्माण हुने क्रम जारी रहेको छ । हुम्लाका ७ वटा गाउँपालिका मध्य तिन वटा गाउँपालिका राष्ट्रिय सडक संजालमा जोडिएका छन् । जिल्लाको अदानचुली, ताँजाकोट र चंखेली गाउँपालिका राष्ट्रिय सडक सन्जाल सँग जोडिएका छन् । गाउँपालिका केन्द्रमा यस अघि नै सडक संजाल सँग जोडिएका यी तिन गाउँ पालिका अव गाउँ गाउँमा सडक निर्माण कार्यतिर लागेको पाइएको छ ।

अदानचुली गाउँपालिका भित्र रहेका ६ वटा वडाका गाउँ गाउँमा सडक संजाल जोड्ने कार्यलाइ पहिलो प्राथामिकता राखेको सोही गाउँपालिका अध्यक्ष मोहन बिक्रम सिहले बताएका छन् । सडक निर्माणका लागी ट्रयाक ओपन गर्ने कार्य सुरु भएको र ट्रयाक ओपनलाइ पनि गुणस्तरिय ढंङ्गले निर्माण भएका छन वा छैनन भन्ने तर्फ गाउँ पालिकाले समय समयमा अध्यक्ष मोहन विक्रम सिह उपाध्यक्ष कर्ण रोकाया सुधार प्रमुख प्रशासकिय अधिकृत मेघनाथ शाही सम्बन्धित वडाका वडा अध्यक्षको संयुक्त अनुगमन गर्ने कार्य नियमित भएको सोही गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष कमल छत्यालले बताएका छन् ।

यसै बीच आज सोही गाउँपालिका वडा नं २ को धोडे ढुङ्गा देखि वडा नं ३ पुदुकोट सम्मको सडक निर्माण कार्य सुरु भएको हाम्रा अदानचुली संवाददाता राम बुढाले बताएका छन् । प्रदेश अन्तरगतको पुर्वधार विकास कार्यालयको ४० लाखको आर्थिक सहयोगमा उक्त सडक निर्माण कार्य आजबाट सुरु भएको वुढाले बताएका छन् । उक्त सडक उपभोक्ता समितिबाट निर्माण कार्य हुने भएको हो ।

उक्त सडकको तलमाथि खेती योग्य जमिन भएको र ति जमिनको अन्न वाली हाल पाकी नसकेकाले केही विवाद देखिएको भए पनि समाधानको लागी जन प्रतिनिधि लागी परेको भन्ने खवर प्राप्त भएको छ ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९