राज शाही मंगलबार, बैशाख १९, २०८० मा प्रकाशित

हिमाली जिल्ला हुम्लामा आगलागी जोखिम वढी देखिएको छ । वर्षेनी हुम्ला जिल्लामा आगलागीबाट क्षेती हुने क्रम बढ्दो रहेको छ । वर्षै पिच्छे हुम्ला जिल्लाका ७ वटा पालिकाका ४४ वटा वडाका कुनै न कुनै गाउँमा यो वा त्यो कारणले आगलागी हुने क्रम वढ्दो रहेको छ ।

कर्णाली प्रदेशको हुम्ला जिल्लामा सामान्य आगलागीका मापदण्ड नपनाउदा घर तथा वनजंगलमा आगलागी हुने गरेका छन् । केही गाउँमा विद्युत सट भइ आगलागी हुने गरेका छन् भने केही गाउँमा बालबालिकाले आगोजन्य लाइट तथा सलाइका काँटी कोर्दा पनि आगलागी हुने गरेको छ ।

यसै बीच बैशाख महिनाको १८ गते अन्दाजी दिनको ४ वजे तिर खार्पुनाथ गाउँपालिका वडा नं १ गोप्का गाउँ निवासी गगन सिह विष्ठको घर आगलागी भएको छ । तिन तला रहेको घरमा बीचको तलमा बालिएको आगोलाइ बालबालिकाले चलाउदा आगलागी भएको सोही वडा का वडा अध्यक्ष जयबहादुर शाहीले बताएका छन् । अध्यक्ष शाहीका अनुसार तिन तले घर मध्यको वीचको र माथिल्लो तला पुर्णरुपमा जलेर नष्ट भएको बताएका छन् ।

जलेको घरको याँङचु प्रहरी द्धारा मुचुल्का गर्दा करिव १० लाख बराबरको क्षेती भएको प्रहरी मुचुल्कामा उल्लेख गरिएको छ । आगलागी हुँदा घरमा रहेको सुन चाँदी लुगा कपडा अन्न रुपैंया सबै जलर नष्ट भएको भए पनि मानविय तथा पशु वस्तुको केही क्षेती नभएको वडा अध्यक्ष जयबहादुर शाहीले बताएका छन् ।

आगोलाई स्थानियवासीले नियन्त्रणमा लिएपछि गोठ तला बचाउन सफल भएको जानकारी प्राप्त भएको छ । घर पुर्णरुपमा जलेर नष्ट भए पछि अहिले आगलागी पीडित आफन्तको घर श्ररण लिएर वसीरहेको बताइएको छ । तत्काल आगलागी पीडितको राहतका लागी खार्पुनाथ गाउँपालिका वडा नं १ का वडा अध्यक्ष जयबहादुर शाहीको पहलमा वडा बाट एक वटा पाल र २५ केजीको एक कट्टा चामल उपलब्ध गराइएको जानकारी प्राप्त भएकव छ ।

सम्बन्धित

ताजा अपडेट
रा. स्व. पा. द्धारा जनताका कुरा हामी सुन्छौ कार्यक्रम संचालन
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९