राज शाही मंगलबार, बैशाख १९, २०८० मा प्रकाशित

featured photo: Mansarowar Times

हिमाली जिल्ला हुम्लामा आगलागी जोखिम वढी देखिएको छ । वर्षेनी हुम्ला जिल्लामा आगलागीबाट क्षेती हुने क्रम बढ्दो रहेको छ । वर्षै पिच्छे हुम्ला जिल्लाका ७ वटा पालिकाका ४४ वटा वडाका कुनै न कुनै गाउँमा यो वा त्यो कारणले आगलागी हुने क्रम वढ्दो रहेको छ ।

कर्णाली प्रदेशको हुम्ला जिल्लामा सामान्य आगलागीका मापदण्ड नपनाउदा घर तथा वनजंगलमा आगलागी हुने गरेका छन् । केही गाउँमा विद्युत सट भइ आगलागी हुने गरेका छन् भने केही गाउँमा बालबालिकाले आगोजन्य लाइट तथा सलाइका काँटी कोर्दा पनि आगलागी हुने गरेको छ ।

यसै बीच बैशाख महिनाको १८ गते अन्दाजी दिनको ४ वजे तिर खार्पुनाथ गाउँपालिका वडा नं १ गोप्का गाउँ निवासी गगन सिह विष्ठको घर आगलागी भएको छ । तिन तला रहेको घरमा बीचको तलमा बालिएको आगोलाइ बालबालिकाले चलाउदा आगलागी भएको सोही वडा का वडा अध्यक्ष जयबहादुर शाहीले बताएका छन् । अध्यक्ष शाहीका अनुसार तिन तले घर मध्यको वीचको र माथिल्लो तला पुर्णरुपमा जलेर नष्ट भएको बताएका छन् ।

जलेको घरको याँङचु प्रहरी द्धारा मुचुल्का गर्दा करिव १० लाख बराबरको क्षेती भएको प्रहरी मुचुल्कामा उल्लेख गरिएको छ । आगलागी हुँदा घरमा रहेको सुन चाँदी लुगा कपडा अन्न रुपैंया सबै जलर नष्ट भएको भए पनि मानविय तथा पशु वस्तुको केही क्षेती नभएको वडा अध्यक्ष जयबहादुर शाहीले बताएका छन् ।

आगोलाई स्थानियवासीले नियन्त्रणमा लिएपछि गोठ तला बचाउन सफल भएको जानकारी प्राप्त भएको छ । घर पुर्णरुपमा जलेर नष्ट भए पछि अहिले आगलागी पीडित आफन्तको घर श्ररण लिएर वसीरहेको बताइएको छ । तत्काल आगलागी पीडितको राहतका लागी खार्पुनाथ गाउँपालिका वडा नं १ का वडा अध्यक्ष जयबहादुर शाहीको पहलमा वडा बाट एक वटा पाल र २५ केजीको एक कट्टा चामल उपलब्ध गराइएको जानकारी प्राप्त भएकव छ ।

सम्बन्धित

ताजा अपडेट
२२ औं महिला स्वास्थ्य स्वयंसेविका दिवस  विभिन्न कार्यक्रम गरि मनाइयो
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९