राज शाही आइतबार, बैशाख १७, २०८० मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला जिल्लाको मध्य क्षेत्रमा रहेको सर्केगाड गाउँपालिका पुर्ण खोप सुनिश्चित गाउँपालिका घोषण हुने भएको छ । ८ वटा वडा रहेको उक्त गाउँपालिकाका सम्पुर्ण बालबालिकालाई अहिले खोप लगाउने कार्य अन्तिम चरणमा पुगेको साँया स्वास्थ्य चौकी इन्चार्च बबरजंग पालले बताएका छन् ।

१५ महिना मुनीका र १६ महिना देखि २३ महिनाका बालबालिकालाई लक्षित गरी सर्केगाड गाउँपालिका भित्र रहेका स्वास्थ्य चौकीले स्वास्थ्यकर्मी खटाइ खोप लगाउने कार्य अन्तिम चरणमा पुगेकाले यहि वैशाख १९ गते पुर्ण खोप सुनिश्चित गाउँपालिका घोषण गर्ने तयारी गरिएको सोही गाउँपालिकाका अध्यक्ष ठानबहादुर रोकायाले बताएका छन् ।

बालघातक सरुवारोग कुनै सरुवा विषाणु, जीवाणुको संक्रमणबाट बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर भएको अवस्था हो । सरुवा रोग हावा, पानी, माटो, दिसा, रगत आदिबाट एक अर्कामा सर्दछ । बालघातक रोग जस्तैः लहरे खोकी, भ्यागुते रोग, धनुषटंकार, क्षयरोग, पोलियो, दादुरा आदि हुन् । यी रोगहरू विरामी बालबालिकाको सास, खकार, दिसा आदिबाट संक्रमण भएमा शिशु विरामी हुन्छन यी रोगबाट बच्चनका लागी बालबालिकालाई लगाउनु पर्ने सम्पुर्ण खोप सर्केगाड गाउँपालिकाले नियमित लगाउदै आएकोले हाल सम्पुर्ण वडामा लगाउने उमेर समुहका बालबालिकालाई लगाएकाले पुर्ण खोप सुनिश्चित गाउँपालिका घोषण गर्न लागिएको हो ।

बेलैमा पछि हुनसक्ने रोग विरुद्ध खोप लगाइ शरीरमा प्रतिरक्षात्मक शक्ति निर्माण गराएर रोकथाम गर्नु पर्दछ । सबै बालबालिकाले पूर्ण जीवन जिउनको लागि नेपाल सरकारले निःशुल्क खोप पाउने व्यवस्था गरेको हुनाले सबै आमाबाबुले आफ्नो शिशु बालबालिकालाई खोप लगाउन खोप केन्द्रमा लानु पर्ने सर्केगाड गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नर रावतले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
जिल्ला स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता बैशाख २२ गतेबाट
कक्षा १२ को २ परिक्षा केन्द्रमा ४ जना परिक्षार्थी अनुउपस्थि
करिव २ हप्ता अवरुद भएको 4 G सेवा मर्मत पछि संचालनमा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९