राज शाही शुक्रबार, बैशाख १५, २०८० मा प्रकाशित

featured photo: Mansarowar Times

जोत्ने गोरु अपरिचीत रोगले मर्दा हुम्लाका खेतबारी बाँझै रहेका छन् । घर घरमा पालीका हल गोरु मर्दा यो वर्ष कार्तिके वाली लगाउन नपाएको कृषकले गुनासो गरेका छन् । यस अघि पशु अस्पताल तथा पशु सेवा कार्यालयको समन्वयमा जिल्लाका ७ वटै गाउँपालिकाका पशु शाखाले स्थानियका घर घरमा पुगी पशुहरुलाई भ्यागुत्ते, चर चरे , पिपिआर विरुद्धको खोप लगाइएको थियो ।

वर्षा यममा भ्यागुते, चर चरे रोग लागेर घरपालुवा पशु वस्तु नमरोस भन्ने हेतुले उक्त खोप लगाइए पनि सो खोपको प्रभाव नदेखिएको स्थानियवासीले बताएका छन् । खेतवारी जोत्नका लागी हल गोरु पालिए पनि ति गोरु मरे पछि अहिले कार्तिके वाली खेतवारीमा लगाउन नपाएको स्थानियवासी एव नेपाली काँग्रेस खार्पुनाथ गाउँपालिका वडा नं ५ का वडा इकाइ सभापति भक्तबहादुर शाहीले बताएका छन् ।

यति वेला कृषकको ७० प्रतिसत जग्गा बाँझै रहेको शाहीले बताएका छन् । केही गोरु मरि सकेको र केही विरामी भएकाले खेतवारी जोत्न नसकिएको हो । केही कृषकले आफै कुटो कोदालोले खनी कार्तिकेवाली लगाए पनि वढी जसो बाँझै रहेको पाइएको छ । त्यसै गरी विहाउने गाइ जुमाहरु मर्दा पशुपालक कृषकलाइ निकै क्षेती भएको शाहीले बताएका छन् । खार्पुनाथ गाउँपालिका वडा नं ५ को खर्पेल गाउँमा करिव १५ वटा,याँङचुमा १३ वटा त्यसै अन्य गाउँमा पनि सोही अनुसारको पशुहरु मरेको जानकारी प्राप्त भएको छ ।

पशु उपचारका लागी गाउँपालिकाको पशु शाखामा जाँदा औषधी नभएको र औषधी आउदै छ भन्ने आश्वासन मात्र पाएको शाहीले बताएका छन् । पशु हरुलाई ज्वोरो आउने र्याल छोड्ने घाँस नखाने शरीरमा विविरा आउने जस्ता रोगले पशुहरु थला परेको शाहीले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
रेडियो कर्णाली आवाजको बार्षिक उत्सबमा जवाफ देहिता कार्यक्रम
बालबालिकाका कार्यक्रममा अभिभावक साथमा राख्नु पर्ने नाम्खा उपाध्यक्षः तक्दिर लामा
जिल्ला प्रशासन कार्यालयका सम्पुर्ण कार्यक्रम बहिस्कार

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९