राज शाही शुक्रबार, बैशाख १५, २०८० मा प्रकाशित

featured photo: Mansarowar Times

जोत्ने गोरु अपरिचीत रोगले मर्दा हुम्लाका खेतबारी बाँझै रहेका छन् । घर घरमा पालीका हल गोरु मर्दा यो वर्ष कार्तिके वाली लगाउन नपाएको कृषकले गुनासो गरेका छन् । यस अघि पशु अस्पताल तथा पशु सेवा कार्यालयको समन्वयमा जिल्लाका ७ वटै गाउँपालिकाका पशु शाखाले स्थानियका घर घरमा पुगी पशुहरुलाई भ्यागुत्ते, चर चरे , पिपिआर विरुद्धको खोप लगाइएको थियो ।

वर्षा यममा भ्यागुते, चर चरे रोग लागेर घरपालुवा पशु वस्तु नमरोस भन्ने हेतुले उक्त खोप लगाइए पनि सो खोपको प्रभाव नदेखिएको स्थानियवासीले बताएका छन् । खेतवारी जोत्नका लागी हल गोरु पालिए पनि ति गोरु मरे पछि अहिले कार्तिके वाली खेतवारीमा लगाउन नपाएको स्थानियवासी एव नेपाली काँग्रेस खार्पुनाथ गाउँपालिका वडा नं ५ का वडा इकाइ सभापति भक्तबहादुर शाहीले बताएका छन् ।

यति वेला कृषकको ७० प्रतिसत जग्गा बाँझै रहेको शाहीले बताएका छन् । केही गोरु मरि सकेको र केही विरामी भएकाले खेतवारी जोत्न नसकिएको हो । केही कृषकले आफै कुटो कोदालोले खनी कार्तिकेवाली लगाए पनि वढी जसो बाँझै रहेको पाइएको छ । त्यसै गरी विहाउने गाइ जुमाहरु मर्दा पशुपालक कृषकलाइ निकै क्षेती भएको शाहीले बताएका छन् । खार्पुनाथ गाउँपालिका वडा नं ५ को खर्पेल गाउँमा करिव १५ वटा,याँङचुमा १३ वटा त्यसै अन्य गाउँमा पनि सोही अनुसारको पशुहरु मरेको जानकारी प्राप्त भएको छ ।

पशु उपचारका लागी गाउँपालिकाको पशु शाखामा जाँदा औषधी नभएको र औषधी आउदै छ भन्ने आश्वासन मात्र पाएको शाहीले बताएका छन् । पशु हरुलाई ज्वोरो आउने र्याल छोड्ने घाँस नखाने शरीरमा विविरा आउने जस्ता रोगले पशुहरु थला परेको शाहीले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
२२ औं महिला स्वास्थ्य स्वयंसेविका दिवस  विभिन्न कार्यक्रम गरि मनाइयो
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९