राम बुढा बुधबार, बैशाख १३, २०८० मा प्रकाशित

हुम्ला जिल्लाको ग्रामिण भेगमा धुवाँ रहित चुलो वितरण गरिएको छ । कर्णाली प्रदेश हुम्ला जिल्ला निर्वाचन क्षेत्र नं क को अदानचुली गाउँपालिकामा वितरण गरिएको हो । उर्जा जलश्रोत परियोजनाको आर्थिक सहयोग र अदानचुली गाउँपालिकाको पहलमा वितरण गरिएको  छ ।

यस अघि अदानचुली गाउँपालिका वडा नं २ मा १ सय ९९ धुवा रहित २ मुखे फलामको चुलो वितरण गरि सकिएको र मंगलबार ६० वटा धुवारहित चुलो सोही गाउँपालिका वडा नं ३ मा वितरण गरिएको बताएका छन् । अदानचुली गाउँपालिका वडा नं ३ फडेरा गाउँ,  रोकाया गाउँ, गोरपाली र ढकानी कुनाका स्थानियवासीले १ सय धुवारहित चुलो पाउनु पर्नेमा यस अघि ४० चुलो वितरण भइ सकेको र बाँकी ६० वटा धुवारहित चुलो मंगलबार वितरण गरिएको संवाददाता वुढाले बताएका छन् ।

सोही गाउँपालिका वडा नं २ का वुढा गाउँ, महतारा गाउँ, भण्डारी गाउँ, कुलालबाडा र साउबाडामा १ सय ९९ चुलाहरु वितरण भइ सकेको जानकारी प्राप्त भएको छ । उक्त चुलो अदानचुली गाउँपालिकालाई धुवारहित गाउँपालिका बनाउनका लागी उर्जा तथा जलश्रोत परियोजनाले निःशुल्क वितरण गरेको मानसरोवर टाइस साप्ताहिकका अदानचुली शाखा प्रमुख वुढाले बताएका हुन ।

उक्त वितरण कार्यक्रममा अदानचुली गाउँपालिकाका अध्यक्ष मोहन विक्रम सिंह प्रमुख प्रशासकिय अधिकृत मेघनाथ शाही लगाएत उपस्थित रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९