राम बुढा बुधबार, बैशाख १३, २०८० मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला जिल्लाको ग्रामिण भेगमा धुवाँ रहित चुलो वितरण गरिएको छ । कर्णाली प्रदेश हुम्ला जिल्ला निर्वाचन क्षेत्र नं क को अदानचुली गाउँपालिकामा वितरण गरिएको हो । उर्जा जलश्रोत परियोजनाको आर्थिक सहयोग र अदानचुली गाउँपालिकाको पहलमा वितरण गरिएको  छ ।

यस अघि अदानचुली गाउँपालिका वडा नं २ मा १ सय ९९ धुवा रहित २ मुखे फलामको चुलो वितरण गरि सकिएको र मंगलबार ६० वटा धुवारहित चुलो सोही गाउँपालिका वडा नं ३ मा वितरण गरिएको बताएका छन् । अदानचुली गाउँपालिका वडा नं ३ फडेरा गाउँ,  रोकाया गाउँ, गोरपाली र ढकानी कुनाका स्थानियवासीले १ सय धुवारहित चुलो पाउनु पर्नेमा यस अघि ४० चुलो वितरण भइ सकेको र बाँकी ६० वटा धुवारहित चुलो मंगलबार वितरण गरिएको संवाददाता वुढाले बताएका छन् ।

सोही गाउँपालिका वडा नं २ का वुढा गाउँ, महतारा गाउँ, भण्डारी गाउँ, कुलालबाडा र साउबाडामा १ सय ९९ चुलाहरु वितरण भइ सकेको जानकारी प्राप्त भएको छ । उक्त चुलो अदानचुली गाउँपालिकालाई धुवारहित गाउँपालिका बनाउनका लागी उर्जा तथा जलश्रोत परियोजनाले निःशुल्क वितरण गरेको मानसरोवर टाइस साप्ताहिकका अदानचुली शाखा प्रमुख वुढाले बताएका हुन ।

उक्त वितरण कार्यक्रममा अदानचुली गाउँपालिकाका अध्यक्ष मोहन विक्रम सिंह प्रमुख प्रशासकिय अधिकृत मेघनाथ शाही लगाएत उपस्थित रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
२२ औं महिला स्वास्थ्य स्वयंसेविका दिवस  विभिन्न कार्यक्रम गरि मनाइयो
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९