राज शाही मंगलबार, बैशाख १२, २०८० मा प्रकाशित

गाउँपालिकाको शान्ती सुरक्षा र विकास निर्माण लगाएका विषय वस्तुमाथि अन्तरक्रिया कार्यक्रम गरिएको छ । अन्तरक्रिया कार्यक्रम हुम्ला जिल्लाको अदानचुली गाउँपालिकामा गरिएको हो । जिल्ला समन्वय समितिका प्रमुख शिवराज सर्मा, अदानचुली गाउँपालिकाका अध्यक्ष मोहन विक्रम सिंह, प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेल, प्रहरी नायव उपरिक्षक भिमलाल भटराइ, इलाका प्रशासक भिमबहादुर रोकाया लगाएत कर्मचारी, जनप्रतिनिधि, स्थानिय वासिको उपस्थितमा मंगलबार अन्तरक्रिया गरिएको अदानचुली संवाददाता राम वुढाले बताएका छन् ।

अदानचुली गाउँपालिकामा शान्ती सुरक्षाको अवस्था कस्तो रहेको छ, स्थानियवासीले जिउ ज्यानको सुरक्षाको अनुभुती गर्न सकेका छन् वा छैन, उक्त गाउँपालिकामा अबैध कारोवार हुने गरेको छ वा छैन, मधिरा सेवन गरी गाउँ समाजमा हो हल्ला, घरेलु हिंसा जन्य कार्यहरु हुने गरेका छन् वा के छ भन्ने बारेमा अन्तरक्रिया गरिएको सोही गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत मेघनाथ शाहीले बताएका छन् ।

अदानचुली गाउँपालिकाले संचालन गरेका योजनाहरु गुणस्तरिय ढङ्गले निर्माण भएका छन वा छैनन्, सेवा लिदा स्थानियले दुःख हैरानी खेप्नु परेको छ की छैन भन्ने विषयमा पनि छलफल भएको मानसरोवर टाइम्स अदानचुली शाखा प्रमुख राम वुढाले बताएका छन् । अस्थाइ प्रहरी चौकी स्थापना लगाएतका विषयमा पनि छलफल भएको बुझिएको छ ।

यस अघि जिल्ला समन्वय समितिका प्रमुख शिवराज सर्मा नेतृत्वको टोलीले खार्पुनाथ, सर्केगाड गाउँपालिकामा पनि भेटघाट तथा अनुगमन, अन्त्रक्रिया गरेको वुझिएको छ ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९